आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एनिमलको क्रेज : २४ घण्टामा ७.१ करोडले हेरे ट्रेलर

बिहीबार, १४ मङ्सिर २०८०, १६ : १२
बिहीबार, १४ मङ्सिर २०८०

मुम्बई । चलचित्र एनिमलको ट्रेलर गत बिहीबार सार्वजनिक भएको थियो । २४ घण्टामा यो ट्रेलरको हिन्दी संस्करण ५ करोड ८० लाखले हेरिसकेका छन् । 

यो २०२३ को सबैभन्दा धेरै हेरिएको ट्रेलर बनेको छ। दोस्रो स्थानमा केजीएफ २ छ, जसलाई ४.९० करोड मानिसहरूले केवल हिन्दी संस्करणमा हेरेका थिए ।

यो ट्रेलर युट्युबमा टप ट्रेन्डिङमा छ । ट्रेलरले हिन्दी संस्करण लगायत तमिल, तेलुगु, कन्नड र मलायालम भाषामा उत्कृष्ट भ्युज पाएको छ ।

फिल्म एनिमलको ट्रेलर अहिलेसम्म सबै भाषामा ७.१ करोड मानिसले हेरिसकेका छन् । चलचित्रको इतिहासमा ट्रेलरले यति धेरै भ्युज पाएको यो तेस्रो पटक हो । यसअघि चलचित्र केजीएफ २ र आदिपुरुषको ट्रेलरले क्रमशः १०६.३९ मिलियन र ७४ मिलियनका साथ सबै भाषामा सर्वाधिक भ्युज पाएको थियो ।

फिल्मको ओपनिङ डे कलेक्सनको बारेमा ट्रेड विज्ञ अतुल मोहनले भने, ‘फिल्मले पहिलो दिन ३५ करोडको ओपनिङ गर्ने सम्भावना छ ।’ फिल्म एनिमल डिसेम्बर १ मा भारतका थिएटरहरूमा रिलिज हुँदैछ। 

यो फिल्म अमेरिकामा नोभेम्बर ३० मा रिलिज हुँदैछ । त्यहाँ यो ८८८ स्क्रिनमा रिलिज हुनेछ । यसैलाई ध्यानमा राख्दै १७ नोभेम्बरदेखि एनिमलको अग्रिम बुकिङ सुरु भएको हो ।

ट्रेलर रिलिज हुनुअघि एनिमलले अमेरिकाका २३६ थिएटरबाट ८४ हजार ४३२ डलर कमाएको थियो। ट्रेलर सार्वजनिक भएपछि फिल्मको कमाईमा उल्लेख्य उछाल आएको छ । 

फिल्मको कमाई रातारात करिब ४० हजार ६५६ डलरले बढेको छ । यो बुकिङ फिल्मको उद्घाटन प्रिमियरका लागि मात्र गरिएको हो । फिल्मले प्रिमियरको दिन १ करोड कमाउने अपेक्षा गरिएको छ ।

फिल्म एनिमलको अग्रिम बुकिङ नोभेम्बर २६ बाट भारतमा सुरु हुनेछ । गत बिहीबार हैदराबादमा फिल्मको सीमित बुकिङ सुरु भएको थियो । पहिलो दिनको लागि अनलाइन अग्रिम बुकिङबाट, चलचित्रको ६ हजारभन्दा बढी टिकटहरू नौदेखि १० घण्टामा बिक्री भएको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप