आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जनताले वर्तमान नेताहरूको विकल्प खोजिरहेका छन् : सभापति लामिछाने

बिहीबार, १४ मङ्सिर २०८०, १६ : ४२
बिहीबार, १४ मङ्सिर २०८०

रौतहट । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले नेपाली जनताले लोकतान्त्रिक व्यवस्थाको नभएर वर्तमान नेताहरूको विकल्प खोजिरहेको बताएका छन् । दुर्गा प्रसाईंको आन्दोलन पनि त्यसको ज्वलन्त उदाहरण रहेको उनको भनाई छ। आन्दोलन आम जनताको राजनीतिक दल र सरकारप्रतिको निराशाको उपज रहेको लामिछानेले बताएका हुन् ।

रौतहटको चन्द्रपुरमा शनिबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै लामिछानेले सरकारले लघुवित्त र सहकारी पीडितका समस्या समयमा पहिचान गर्न नसकेकै कारण यस्तो समस्या उत्पन्न भएको बताए । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारको कारण देशको अर्थतन्त्रमा समस्या देखिए पनि सुधारका लागि उचित पहल नगरेका कारण समेत आम नागरिकमा निराशा छाएको उनले जिकिर गरेका थिए । 

आम नागरिकले देशमा बढी नेता भएकै कारण देश बिग्रँदै गयो भनेर अहिले नागरिक व्यवस्थाकै विरोधमा उत्रेको लामिछानेले दाबी गरे । संसारको उत्कृष्ट व्यवस्था लोकतन्त्र भएका कारण यो व्यवस्थाको विरोध गर्नुहुँदैन बरु यसलाई सुधार गरेर अघि बढ्नुपर्ने उनले विचार व्यक्त गरेका थिए। 

मधेस केन्द्रित संगठन सुधारका लागि मधेस प्रदेश झरेको बताउँदै लामिछानेले एउटै व्यापारी बैंक सञ्चालक, बिमा सञ्चालक र उद्योग सञ्चालक भएकाले पनि देशको अर्थतन्त्र धराशायी भएको जिकिर गरे । आउँदो २०८४ सालको चुनावमा तराई मधेसमा मधेसवादी पार्टीको विकल्पको रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी स्थापित हुने लामिछानेले विश्वास व्यक्त गरेका थिए। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप