आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सरकारी छाप किर्ते गर्ने पाँच जना पक्राउ

बिहीबार, १४ मङ्सिर २०८०, १८ : ५५
बिहीबार, १४ मङ्सिर २०८०

विराटनगर । मोरङको रतुवामाइ नगरपालिकाबाट सरकारी छाप दस्तखत किर्ते गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई रतुवामाई नगरपालिका  ३ का वडाध्यक्ष ५५ वर्षीय देविलाल ताजपुरियाको हस्ताक्षर र सरकारी छाप किर्ते गरेर सिफारिस लिएको आरोप छ । 

यसरी पक्राउ पर्नेमा रतुवामाई ४ का ६५ वर्षीय चेतनलाल राजवंशी, सोही ठाउँका ६२ वर्षका झरिया देवि राजवंशी, ६३ वर्षका विष्णु राजवंशी, ६३ वर्षका पैखन लाल राजवंशी र ६४ वर्षका कन्हारु लाल केवरत छन् । 

मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालका अनुसार उनीहरुले कार्तिक २ गते जग्गा बिक्रीको लागि वडाबाट सिफारिस लिनको लागि किर्ते हस्ताक्षर र सरकारी छाप दुरुपयोग गरेर नक्कली कागज बनाएका थिए । 

‘जग्गा पास गराउन रंगेलीको मालपोत कार्यालय गएका रहेछन् । वडाले दिएको सिफारिसमा अध्यक्षको जस्तै सही किर्ते लागेपछि मालपोतलाई शंका लागेछ । त्यसपछि प्रहरीलाई खबर गयो । वडाअध्यक्षलाई बोलाए । चलानी नम्बर पनि रेकट नभएको पत्र बनाएर किर्ते कागजपत्र ल्याएको पत्ता लागो । त्यसपछि वडाअध्क्षले दिएको जाहेरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो,’ डिएसपी दाहालले भने ।

जाहेरी परेपछि कार्तिक १६ गते मोरङ जिल्ला अदालतबाट पक्राउ अनुमति लिई खोजतलास कार्य भई रहेकोमा मंगलबार ९ गते रतुवामाई नगरपालिका वडा नं। ४ झुर्कियाबाट पक्राउ गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप