आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

चेल्सीको लज्जास्पद हार

बुधबार, २६ वैशाख २०८१, ०९ : ४५
बुधबार, २६ वैशाख २०८१

लण्डन । प्रिमियर लिगमा चेल्सीले लज्जास्पद हार बेहोरेको छ । शनिबार राति भएको खेलमा टोली न्युक्यासल युनाइटेडसँग १–४ गोलले पराजित भएको हो ।

खेलको १३ औँ मिनेटमा नै अलेक्सान्डर इसाकले न्युक्यासललाई अग्रता दिलाएका थिए । तर, १० मिनेटपछि राहिम स्टर्लिङले चेल्सीका लागि बराबरी गोल फर्काए ।

दोस्रो हाफको ६० औँ मिनेटमा जमाल लासल्सले गोल गर्दै न्युक्यासललाई पुनः अग्रता दिलाए । एक मिनेटपछि जोयलिन्टनले अर्को गोल थपे । ७३ औँ मिनेटमा रिस जेम्सले दोस्रो पहेँलो कार्ड खाएपछि चेल्सी १० खेलाडीमा सीमित बन्यो । यसको फाइदा उठाउँदै एन्थोनी गोर्डनले न्युक्यासलका लागि चौथो गोल थपे ।

घरेलु मैदानमा लगातार पाँचौँ जित हासिल गर्दै न्युक्यासल २३ अङ्कसहित छैटौँ स्थानमा उक्लिएको छ । चेल्सी भने १६ अङ्क बटुल्दै लिगको १० औँ स्थानमा सीमित छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप