आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कार्तिक नाचमा देखाइयो नृसिंह अवतारको गाथा

आइतबार, २० जेठ २०८१, ०९ : ५४
आइतबार, २० जेठ २०८१

काठमाडौँ । कार्तिक नाच सुरु भएको ८ औँ दिन नृसिंह अवतारको गाथा प्रस्तुत गरिएको छ । मङ्सिर २ गतेबाट यस पटक सुरु भएको कार्तिक नाचमा शनिवार राति नृसिंह अवतार (हिरण्यकश्यपु वध) देखाइएको हो । 

वि.स. १६९७ मा सुरु भएको ऐतिहासिक कार्तिक नाचमा भगवान् विष्णुसँग सम्बन्धित १७ वटा धार्मिक कथाहरूसँग जोडिएको छ । यो ऐतिहासिक नाच पाटनका तत्कालीन राजा सिद्धिनरसिंह मल्लले आफ्ना गुरुहरू हरिवंश राजोपाध्याय र विश्वनाथ उपाध्यायको सल्लाहअनुसार तत्कालीन दरबार चोकभित्र रहेको भगवान् श्रीकृष्णको मन्दिर निर्माण सम्पन्न भएको उत्सव मनाउन पहिलो पटक सुरु गरेको इतिहास छ । 

कार्तिक नाच हरेक वर्ष कार्तिक महिनामा प्रदर्शन गरिने नृत्य र सङ्गीतमा आधारित भएर देखाइने नृत्य नाटक हो । यो नाच पाटन दरबार स्क्वायरमा अवस्थित कार्तिक डबलीमा मञ्चन गरिन्छ । सुरुमा यो नाच राजा सिद्धिनरसिंह मल्लले ५ दिनको लागि नाशल चोकमा देखाएर यसको शुरुवात गरेका थिए । स्थानीय किरण चित्रकारले कार्तिक नाच आज भन्दा ३८३ वर्ष (बि.सं. १६९७) मा राजा सिद्धिनरसिंह मल्लको पालामा उनका गुरुद्वय हरिवंश उपाध्याय र विश्वनाथ उपाध्यायको सल्लाहमा सुरु भएको बताए ।

उनले सुरुवाती दिनमा ५ दिनबाट सुरु भएको यस नाचमा सिद्धिनरसिंह मल्लका छोरा श्री निवास मल्लले ७ दिन थपेर १२ दिन सञ्चालन गरेको बताइनछ । त्यसपछि श्रीनिवासका छोरा योगनरेन्द्र मल्लले यसमा अरू १५ दिन थपेर १ महिनाभर सञ्चालन गर्नेगरी थालनी गरिएको उनले बताए । एक महिनाभर मनाउने गरिए पनि विभिन्न समयमा विभिन्न कारणले गर्दा मनाउन नसकिएको चित्रकारको भनाइ छ ।

कार्तिक नाच सुरुमा ‘बाथः प्याखँ’ बाट सुरु हुन्छ । यो तीन दिनसम्म देखाइन्छ । त्यसपछि भगवान् विष्णुको विभिन्न कथाहरूमा आधारित नाचहरू प्रस्तुत गरिन्छ । तत्कालीन समयमा देशमा शान्ति, समृद्धि र मनोरञ्जनको हेतुले यो नाच सुरु भएको मानिन्छ । कुनै समय कार्तिक महिनामा २७ दिन अर्थात महिना दिनसम्म देखाइने हुँदा यो नाच कार्तिक नाचको नामले परिचित छ । 

परापूर्व कालमा कार्तिक महिनाभर मनाइँदै आएको उक्त नाच पछिल्ला वर्षहरूमा विविध कारणले गर्दा केही दिन मात्र देखाउन थालिएको छ । यस वर्ष मङ्सिर २, ३ र ४ गते बाथः प्याखँ, ५ गते युद्ध कला (शितज्वर-विषमज्वर युद्ध, महादेव÷कृष्ण युद्ध), ६ गते देवी प्याखँ, ७ गते ज्ल शयण, ८ गते बराह अवतार, ९ गते नृसिंह अवतार, १० गते वस्त्रहरण लीला, ११ गते दधि लीला देखाइनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप