आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बुन्डेसा लिगाको कीर्तिमान बराबरी गर्दै लेभरक्युजन शीर्ष स्थानमा

आइतबार, २० जेठ २०८१, ०९ : ५७
आइतबार, २० जेठ २०८१

म्युनिख । बायर लेभरक्युजनले बुन्डेस लिगाको इतिहासमा सबैभन्दा उत्कृष्ट सुरुवातको कीर्तिमान बराबरी गरेको छ । शनिबार वेर्डर ब्रेमनलाई ३–० हराउँदै टोली अंक तालिकाको शीर्ष स्थानमा पनि उक्लिएको हो ।

१२ खेलपछि टोलीले ११ खेलमा जित र एक खेलमा बराबरी गरेको छ । यसअघि सन् २०१५–१६ सिजनमा बायर्न म्युनिखले यो उपलब्धि हासिल गरेको थियो । 

ओलिभए डेमेनको आत्मघाती गोलको मद्दतले लेभरक्युजनले खेलमा अग्रता लिएको थियो । त्यसपछि जेरेमी फ्रिमपोङ र एलेक्स ग्रिमाल्डोले ज्याभी ओलोन्सोको टोलीका लागि एक–एक गोल थपे । 
लिभरपुल, रियल मड्रिड र बायर्न म्युनिखका पूर्व खेलाडी ओलोन्सो सन् २०२२ को अक्टोबरमा लेभरक्युजनको म्यानेजर नियुक्त भएका थिए ।

जितपछि लेभरक्युजनले बायर्नभन्दा शीर्ष स्थानमा २ अंकको अग्रता बनाएको छ । शुक्रबार बायर्नले एफसी क्लोनलाई १–० गोलले हराएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप