आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ब्यस्त खेल तालिकाले खेलाडीहरु दबाबमा परेको प्रशिक्षक एरिकको गुनासो

आइतबार, २० जेठ २०८१, ११ : ०५
आइतबार, २० जेठ २०८१

काठमाडौँ । इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडका प्रशिक्षक एरिक टेन ह्यागले अत्यन्तै ब्यस्त खेल तालिकाका कारण खेलाडीहरु दबाबमा परेको गुनासो गरेका छन् । निकै ब्यस्त खेल तालिकाका कारण खेलाडीले स्वभाविक प्रदर्शन गर्न नसकेको धारणा पनि उनले ब्यक्त गरेका छन् ।

‘ब्यस्त खेल तालिकाको प्रभाव खेलाडीको प्रदर्शनमा परिरहेको छ । खेलाडीको क्षमतालाई ध्यानमा राखेर तालिका बनाउनु पर्छ,’ उनले भनेका छन् । म्यानचेस्टर युनाइटेडले ६ दिनको अवधिमा तीनवटा ‘अवे’ खेल खेल्नुपर्ने अवस्था छ । 

म्यानचेस्टर युनाइटेडले आइतबार इङ्लिस प्रिमियर लिगमा एभर्टनसँग ‘अवे’ खेल खेल्दैछ । त्यसलगत्तै बुधबार च्याम्पियन्स लिगमा टर्किस क्लब गालातसारेसँग ‘अवे’ खेल खेल्दैछ । त्यसपछि शनिबार म्यानचेस्टर युनाइटेडले न्युक्यासलसँग प्रतिस्पर्धा गर्नेछ । 

त्यसपछि पनि म्यानचेस्टर युनाइटेडले २०२४—२५ सिजनको च्याम्पियन्स लिगका लागि समूहगत चरणको दुईवटा खेल खेल्ने तालिका रहेको छ । ‘खेल तालिका अत्यन्तै ब्यस्त भयो भनेर हरेक क्लबका प्रशिक्षकले गुनासो गरिरहेका छन् । यसतर्फ ध्यान जानु आवश्यक छ,’ प्रशिक्षक एरिक भन्छन् ।
  
यसअघि जर्मन क्लब बायर्न म्युनिखका प्रशिक्षक थोमस टुचेलले पनि खेल तालिका निकै ब्यस्त भएको भन्दै गुनासो गरेका थिए । ‘मैले प्रशिक्षक थोमस टुचेलको प्रतिक्रिया पनि सुनेको छु । अन्य प्रशिक्षकको गुनासो पनि सुनिरहेको छु । तर, तालिकामा अझ बढी खेल थप्नेक्रम भने रोकिएको छैन,’ म्यानचेस्टर युनाइटेडका प्रशिक्षक एरिक भन्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप