आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रमोदको गीत ‘अर्कैको सिन्दूर लायौ’मा समीप र सिर्जनाको अभिनय

आइतबार, २० जेठ २०८१

काठमाडौँ । मंसिर विवाहको महिना हो । सामान्यतया: विवाह केटा र केटीको चिना टिप्पन हेरेर गरिन्छ । चिना टिप्पन मिलेमा मात्र जोडीको दाम्पत्य जीवनमा सुखी हुने मान्यता छ । तर चिना टिप्पन नमिल्दाको अवस्थामा के होला ?

गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘अर्कैको सिन्दूर लायौ’को भिडियोमा चिना टिप्पन नमिल्दा एक प्रेम जोडीको जीवनमा आइपरेको उतारचढावलाई देखाइएको छ । 

दीपक शर्माको शब्द र कार्कीजीको संगीत रहेको गीतमा विशाल निरौलाको एरेन्ज छ ।

समीप निरौला, सिर्जना कोइराला र सुवास शाहको अभिनय रहेको भिडियो प्रेममा रहेका समीप र सिर्जनाको चिना नमिल्दा परिवारले सिर्जनाको विवाह सुवाससँग गरिदिन्छन् । तर विवाहकै भोलिपल्ट बिहान सिर्जना भागेर समीपलाई भेट्न गएको र त्यसपछिको द्वन्द्वलाई भिडियोमा देखाइएको छ । 

वियोगान्त भावको भिडियोमा राम केसीको छायांकन, टेकेन्द्र शाहको सम्पादन, माधव शर्माको सह निर्देशन र समीपकै कथा, पटकथा तथा निर्देशन छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया