आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सूर्य ज्योति लाइफ इन्स्योरेन्स ‘चौथो इमर्जिङ एशिया इन्स्योरेन्स अवार्ड २०२३’ बाट सम्मानित

आइतबार, २० जेठ २०८१, ११ : ३२
आइतबार, २० जेठ २०८१

काठमाडौँ । २२ नोभेम्बर २०२३ मा इन्डियन चेम्बर अफ कमर्सले भारतको मुम्बईमा आयोजना गरको  ‘चौथो इमर्जिङ एशिया इन्स्योरेन्स अवार्ड २०२३’ मा सूर्य ज्योति लाइफले ४ वटा विधा ‘बेस्ट वुमन इन लिडरसिप’, ‘बेस्ट स्ट्राटेजी फर इन्स्योरेन्स स्प्रेडिङ्ग’, ‘बेस्ट इनोभेसन एण्ड डाईभर्सिफिकेसन’ र ‘बेस्ट लाइफ इन्स्योरेन्स’ अवार्ड हासिल गर्न सफल भएको छ । 

उक्त कार्यक्रममा भारत, नेपाल, बगलादेश, भुटान, श्रीलङ्का, म्यानमार, थाईलाण्ड लगायत अन्य देशहरूका इन्स्योरेन्स कम्पनीहरूबाट उच्च पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

विश्व विख्यात चार्टर एकाउन्टेन्सी तथा कन्सल्टेन्सी संस्था पी डब्लु सी , इन्डियन इन्स्टिच्युट अफ इन्स्योरेन्स, अन्तर्राष्ट्रिय बीमा विज्ञहरू लगायत थुप्रै प्रतिष्ठित संस्थाहरूबाट स्वतन्त्र रूपमा मूल्याङ्कन गरी विभिन्न वित्तीय सूचाङ्कहरुमा उत्कृष्ट कार्यसम्पादनको आधारमा अवार्ड प्रदान गरिएको हो ।

उक्त कार्यक्रममा चारवटै विद्याको अवार्ड सूर्य ज्योति लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्रीले ग्रहण गरेका थिए । 

ऐतिहासिक सफल मर्जरको छोटो अवधिमै हरेक सूचांकहरुमा कम्पनीले उत्कृष्टता हासिल गर्दै आइरहेको र यो अन्तर्राष्ट्रिय अवार्ड हासिल गर्नका लागि अहोरात्र खटिनुहुने कम्पनीका सम्पूर्ण कर्मचारी र अभिकर्ताहरूको प्रमुख भूमिका रहेको जानकारी गराउँदै, नियमनकारी निकाय बीमा प्राधिकरणको मार्ग निर्देशन र कम्पनीको सञ्चालक समितिको हौसला र विश्वासका लागि प्रमुख कार्यकारी अधिकृत खत्रीले कृतग्यता व्यक्त गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप