आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

चितवनमा ११ औँ अन्तर्राष्ट्रिय फिजियोथेरापी सम्मेलन हुँदै

आइतबार, २० जेठ २०८१, ११ : ४५
आइतबार, २० जेठ २०८१

काठमाडौँ । नेपाल फिजियोथेरापी संघ (नेप्ता)को आयोजनामा ११ औँ अन्तर्राष्ट्रिय फिजियोथेरापी सम्मेलन हुने भएको छ ।

यही मङ्सिर १६ गते ‘सबैको लागि फिजियोथेरापीः समग्र नेपालको स्वास्थ्य प्रणाली प्रबन्धनको लागि आयामहरूको खोजी’ भन्ने सन्देशका साथ सम्मेलनको आयोजना गर्न लागिएको हो ।  

उक्त सम्मेलनमा पाँचजना अन्तर्राष्ट्रियस्तरका स्रोत व्यक्ति र सात जना नेपालभित्रकै स्रोत व्यक्तिहरूले फिजियोथेरापी सम्बन्धित खोज तथा अनुसन्धान पेपर प्रस्तुति दिनेछन् ।

साथै फिजियोथेरापी अध्ययनरत विद्यार्थीहरूबाट विभिन्न विषयमा सोधपत्र तथा तथ्याङ्क पेपर, पोस्टर एवं ई–पेपर प्रस्तुत गरिने भएको छ ।

सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिजियोथेरापी अध्ययनरत ५०० विद्यार्थी सहभागी हुने नेप्ताका केन्द्रीय महासचिव विनय कँडेलले जानकारी दिए ।

नेपाल फिजियोथेरापी संघले यसअघि सम्मेलन काठमाडौँमा मात्रै आयोजना हुँदै आएको थियो । ११ औँ सम्मेलन भने काठमाडौँ उपत्यका बाहिर चितवनमा गर्न लागेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप