आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एनआईसी एसिया लघुवित्तले घोषणा गर्‍यो १५ प्रतिशत लाभांश

आइतबार, २० जेठ २०८१, १३ : १०
आइतबार, २० जेठ २०८१

काठमाडौँ । एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाले आफ्ना लगानीकर्तालाई १५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को सञ्चित नाफाबाट लगानीकर्तालाई १५ प्रतिशत लाभांश घोषणा गरेको हो ।

कम्पनीका अनुसार १५ प्रतिशतका दरले २६ करोड ९ लाख १६ हजार रुपैयाँ नगद लाभांश वितरण गर्नेछ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ७३ करोड ९४ लाख ४० हजार रुपैयाँ छ ।

लघुवित्तले यही मङ्सिर ८ गते बसेको सञ्चालक समितिको ११९ औँ बैठकले गरेको प्रस्ताव आगामी साधारण सभाले पारित गर्नुपर्ने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप