आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
कविता

महामहिम प्रचण्ड तिमी बदलियौ

आइतबार, २० जेठ २०८१, १३ : ४७
आइतबार, २० जेठ २०८१

मैले जसलाई मुक्तिदाता माने,
उही नै राजा बन्न खोजेपछि
के लोकतन्त्र कि पर–लोकतन्त्र भनौँ खै ।

हिजो वंशवाद थियो, नातावाद थियो,
कृपावाद थियो, अनि नश्लवाद थियो ।
हो, त्यहीविरुद्ध तिमीले सङ्घर्ष ग¥या हैन,
आज आफैँ किन दलदलमा पस्यौ ।

हिजो बोल्न, लेख्न पाइँदैन थियो भन्ने तिमी
आज आफैँ सञ्चारमाथि किन अङ्कुश थप्यौ ।
हिजो हिँडडुल गर्न पाइँदैनथ्यो भन्ने तिमी
आज आफैँ किन निरङ्कुश बन्यौ ।
आरतीका परिवारलाई माइतीघरबाट लखेट्यौ ।
आमजनतालाई तीनकुनेबाट भगायौ ।
तिमी बदलियौ ।
फोहोर सफा गर्न पोखरीमा हाम फालेको तिमी,
आज आफैँ फोहोरी बनी फोहोर छ्याप्दै छौ ।
नश्लीयताको अन्त्य गर्न राजनीतिमा हामफालेको तिमी, आज आफैँ नश्लीय बनी गफ लाउँदै छौ ।
१७ हजारको बलि चढाएर,
प्रमको कुर्सी पड्काउँदै छौ
तिमी बदलियौ,
महामहिम प्रचण्ड, तिमी बदलियौ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राम रतन सिंह ‘देवकीनन्दन’
राम रतन सिंह ‘देवकीनन्दन’
लेखकबाट थप