आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विक्की कौशलको क्लिन शेभ लुक देखेर कट्रिना रिसाएपछि....

आइतबार, २० जेठ २०८१, १३ : ४८
आइतबार, २० जेठ २०८१

नयाँ दिल्ली । बलिउड अभिनेता विक्की कौशल बहुप्रतिक्षित फिल्म सैम बहादुरका कारण यति बेला चर्चामा छन् । फिल्मको प्रोमोशन जोडतोडका साथ भइरहेको छ । मेघना गुलजारको निर्देशनमा बनेको यो फिल्म डिसेम्बर १ मा सिनेमा हलमा आउनेछ । फिल्म भारतका पहिलो फिल्ड मार्शल सैम मानेकशाको जीवनमा आधारित छ । सैमको भूमिकामा विक्की छन् । 

फिल्म रिलिज अघि विक्कीले आफ्नो व्यक्तिगत र पेशागत जीवनबारे धेरै कुरा गरेका थिए । यही बीच अभिनेताले आफ्नी श्रीमति अभिनेत्री कट्रिना कैफको च्वाइसबारे पनि कुरा गरेका थिए । विक्की आफ्नो लुकमा एक्सपेरिमेन्ट गरिरहन मन पराउँछन् । तर कट्रिनालाई उनको एउटा लुक फिटिक्कै मन पर्दैन । कट्रिनालाई आफूले दाह्री खौरेर चिरिच्याट्ट परेको मनै नपर्ने बलिउड हंगामासँगको एउटा अन्तरवार्तामा विक्कीले भनेका थिए । 

जब जब विक्की दाह्री काटेर कट्रिनाको अगाडि जान्छन् उनी रिसाउँछिन् । तर फिल्मको पात्र अनुसार उनी कहिले दाह्री राख्छन् कहिले काट्छन् । आफूले खेल्न लागेको कुनै पात्रको लागि क्लिन शेभ हुन परे मात्रै हो नत्र विक्की दाह्री काट्दैनन् । क्लिन शेभ रहनु उनका आफ्नो लागि प्रोफेशनल खतरा भएको विक्कीको भनाइ छ । कुनै भूमिकाका लागि दाह्री खौरिन परे मात्रै उनी त्यसो गर्छन् । तर कट्रिनालाई विक्कीको क्लिन शेभ लूक मनै पर्दैन । उनलाई पति विक्कीले झप्प दाह्री पालेको मन पर्छ । क्लिन शेभ लुकको भर्पाई गर्न विक्की अहिले लामो दाह्री पालिरहेका छन् । कट्रिनालाई खुसी पार्न पनि आफूले दाह्री नकाटेको विक्कीले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप