आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अलराउन्डर गुल्सन झाले यू—१९ एसिया कप पनि खेल्ने

बुधबार, ३० जेठ २०८१, १५ : १७
बुधबार, ३० जेठ २०८१

काठमाडौँ । राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर खेलाडी गुल्सन झाले यू—१९ एसिया कप पनि खेल्ने भएका छन् । १७ वर्षीय गुल्सन सिनियर राष्ट्रिय टोलीका प्रभावशाली सदस्य पनि हुन् । यसअघि उनले सिनियर राष्ट्रिय टोलीबाट यसै वर्ष पाकिस्तान र श्रीलंकामा आयोजित एसिया कप पनि खेलेका थिए । 

यू—१९ एसिया कप डिसेम्बर ८ देखि १७ सम्म संयुक्त अरब इमिरेट्स ९यूएई० मा आयोजना हुँदैछ । प्रतियोगितामा आठवटा टोली सहभागी हुँदैछन् । नेपाल प्रतियोगिताको समूह ‘ए’ मा परेको छ । उक्त समूहमा अफगानिस्तान, भारत र पाकिस्तान पनि रहेका छन् । 

प्रतियोगिताको समूह ‘बी’ मा भने बंगलादेश, जापान, श्रीलंका र आयोजक यूएई रहेका छन् । नेपालले आफ्नो पहिलो खेल डिसेम्बर ८ तारिखमा पाकिस्तानसँग खेल्नेछ । नेपालले दोस्रो खेल डिसेम्बर १० मा अफगानिस्तानसँग र तेस्रो खेल डिसेम्बर १२ मा भारतसँग खेल्नेछ । 

प्रत्येक समूहबाट दुई—दुई टोली प्रतियोगिताको सेमिफाइनलमा पुग्ने प्रावधान रहेको छ । अहिले नेपाली टोली यू(१९ एसिया कपको बन्द प्रशिक्षणमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप