आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
गोर्खा बेमेन फोटो तथा आर्ट प्रदर्शनी, तस्बिरहरु

गोर्खा बेमेन फोटो तथा आर्ट प्रदर्शनी, तस्बिरहरु

बुधबार, ३० जेठ २०८१

काठमाडौँ । काठमाडौँको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा गोर्खा बेमेन फोटो तथा आर्ट प्रदर्शनी सुरु भएको छ । ब्रिटिस गोर्खा सैनिकका श्रीमतीसँग सम्बन्धित रहेको फोटो तथा चित्रकला प्रदर्शनी शनिबारदेखि सुरु भएको हो ।

वि.सं २०७४ सालमा पहिलो पटक प्रदर्शनी गरेकी चित्रकार सुजना थापा श्रीशले गोर्खा सैनिकको इतिहासमा महिलाको भूमिकालाई समेटेर तयार पारेको फोटो तथा चित्रकला प्रदर्शनीमा राखिएको छ ।

मङ्सिर १३ गतेसम्म चल्ने प्रदर्शनीमा ५२ वटा फोटो, १८ वटा चित्रकला र भिडियो दृश्यका साथै कलाकारले काम गरेको सामग्रीहरू पनि राखिएको छ । 

गोर्खा सैनिकको इतिहास धेरै भए पनि महिलाको इतिहास कतै नपाएपछि अध्ययन अनुसन्धान थालेकी उनले ६ जिल्लामा ७० वर्षमाथिका महिलामा गरेको अध्ययनको क्रममा लिएका २० जना महिलाको फोटो, स्केच र भिडियो क्लिप प्रदर्शनीमा राखेकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया