आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेशमा मन्त्रालय  बढाउन मिल्दैन : सभापति पुन

आइतबार, ३० वैशाख २०८१, १७ : ०७
आइतबार, ३० वैशाख २०८१

बुटवल । नेपाली काँग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले लुम्बिनी प्रदेशमा जनतालाई भार पार्ने गरी मन्त्रालय विस्तार गर्न नमिल्ने बताएका छन् । उनले प्रदेशमा हाल रहेका मन्त्रालय नै उपयुक्त भएकाले मन्त्रालय फुटाएर  नयाँ  विस्तार गर्न नमिल्ने बताए । 

नेपाल प्रेस युनियन पाल्पाले तानसेनमा राखेको पत्रकार भेटघाटमा बोल्दै सभापति पुनले प्रदेशमा हाल कायम रहेका मन्त्रालयहरू भन्दा बढी बनाउन नमिल्ने नीतिगत निर्णय पार्टीले गरिसकेको बताए । 

उनले अहिले मूलकको अर्थतन्त्र कमजोर भएको बेलामा प्रदेशमा मन्त्रालय थप्ने र  मन्त्रीहरू थप्ने गर्दा जनतामा नराम्रो सन्देश जाने बताए । 

 लुम्बिनी प्रदेशमा मुख्यमन्त्री सहित १० मन्त्रालय रहेका छन् । काँग्रेसको नेतृत्वमा सरकार रहे पनि  सत्तारुढ दलहरूको बिच भएको सहमति अनुसार काँग्रेस र माओवादीबाट थप मन्त्रीहरू बन्न बाँकी रहेका छन् । 

लुम्बिनी प्रदेशमा अहिले सात सदस्यीय मन्त्रिपरिषद् रहेको छ । सहमति अनुसार माओवादीले थप दुई र काँग्रेसले थप ३ मन्त्रालय पाउनुपर्ने हुन्छ । तर बाँकी  तीन मन्त्रालय मात्रै छ । जसले गर्दा भागबन्डा  पुराउनको दुई मन्त्रालय थप्नुपर्ने हुन्छ । 

सभापति पुनले मन्त्रालय विभाजन नगरी बाँकी रहेका मन्त्रलायहरुलाई पूर्णता  दिने काम बुटवलमा  मङ्सिर १६ र १७  राखिएको  नेपाली काँग्रेसको प्रदेश स्तरीय भेलापछि हुने बताए । 

हाल लुम्बिनी प्रदेश सरकारमा काँग्रेसबाट मुख्यमन्त्री चौधरीसमेत दुई, माओवादी, नागरिक उन्मुक्ति, जसपा, लोसपा, जनमतबाट एक÷एक जना मन्त्री रहेका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप