आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पिज्जा हटको थिन क्रस्ट पिज्जा अब नेपालमा

आइतबार, ३० वैशाख २०८१, १७ : ११
आइतबार, ३० वैशाख २०८१

काठमाडौँ । पिज्जा हटले आफ्नो मेनुमा थिन क्रस्ट पिज्जा ल्याएको छ ।  जसले पिज्जा हटको मेनुमा नौलो स्वाद ल्याएको कम्पनीको भनाइ छ । ४९९ रुपैयाँबाट सुरु हुने पिज्जा हटको ह्यान्डक्राफ्टेड थिन क्रस्ट पिज्जाहरू नेपालभरको ग्राहकहरूका लागि पिज्जाको एक अतुलनीय अनुभव दिने कम्पनीको भनाइ छ । 
 
‘पिज्जा उत्साहीहरूको ह्यान्डक्राफ्टेड पिज्जाको बढ्दो मागलाई मध्यनजर गर्दै पिज्जा हट नेपालले नेपालको लागि विशेष रूपमा थिन क्रस्ट पिज्जा तयार गरेको छ जुन १२ विभिन्न टोपिङहरूमा उपलब्ध छन् ’, कम्पनीले भनेको छ, ‘ग्राहकहरूले डाइन–इन वा टेक–अवेको लागि आफ्नो नजिकको पिज्जा हट रेस्टुरेन्टमा जान सक्नुहुनेछ र भोज, फुडमान्डु, पठाओ जस्ता एग्रिगेटरद्वारा डेलिभरीको लागि अर्डर गर्न पनि सक्नुहुनेछ ।’

ब्रान्डले सबै नियामक र आवश्यक स्वास्थ्य दिशानिर्देशहरू पालना गरि अगाडि बढेको जनाइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप