आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पुष्पा २ का लागि अल्लु अर्जुनले लिन मानेनन् पारिश्रमिक

आइतबार, ३० वैशाख २०८१, १७ : ४४
आइतबार, ३० वैशाख २०८१

नयाँ दिल्ली । दक्षिण भारतीय फिल्म उद्योगका सुपरस्टार अल्लु अर्जुन आजभोलि उनको बहुप्रतिक्षित फिल्म पुष्पा २ को शुटिङमा व्यस्त छन् । फिल्मको निर्देशक हुन् सुकुमार । अल्लुका फ्यानहरूमा यो फिल्मको व्यग्र प्रतीक्षा छ । यसअघि सन् २०२१ मा आएको यही फिल्मको पहिलो भाग ब्लकबष्टर रह्यो ।

यही फिल्मबाट अल्लु भारत मात्रै होइन हिन्दी सिनेमाका फ्यानहरुबिच विश्वभर नै लोकप्रिय बने । फिल्मले सर्वश्रेष्ट अभिनय र सर्वश्रेष्ठ संगीत निर्देशकका लागि दुईओटा राष्ट्रिय पुरस्कार समेत जित्यो । यसैबिच फिल्मको सिक्वेलबारे ठूलो खुलासा भएको छ । 

सञ्चार माध्यमहरुका अनुसार पुष्पाको सिक्वेलका लागि अर्जुनले पारिश्रमिक लिन अस्वीकार गरेका छन् । अभिनेताले फिल्मको मुनाफाबाट हिस्सा मागेको बताइएको छ । खबरहरूलाई पत्याउने हो भने फिल्मका लागि उनले ३३ प्रतिशत मुनाफा माग गरेका छन् । यसमा डिजिटल र सिनेमाघर दुबैतिरको कमाई सामेल भएको बताइएको छ ।

मेकरहरू यो फिल्म ब्लकबष्टर हुनेमा आश्वस्त छन् । निर्माताहरूले विदेशी डिष्ट्रिब्यूटर्सबाट फिल्मका लागि करिब १ अर्ब भारु मागेका थिए । यो रकम एसएस राजामौलीको ट्रिपल आरभन्दा निकै धेरै हो । 

पुष्पा २ मा अल्लु अर्जुनको साथमा फहद फसिल, रश्मिका मन्दना, सुनील, प्रकाश राज, जगपति बाबु मुख्य भूमिकामा छन् । फिल्मको निर्माण माइथ्री मूभी मेकर्स ब्यानरले गरेको हो । यो फिल्म आगामी वर्ष स्वतन्त्रता दिवसको दिनमा रिलिज हुँदैछ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप