आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गायिका प्रीति कौरको प्रश्न : डिजर्भ नगर्ने कलाकारलाई भाइरल गर्ने को ?

आइतबार, ३० वैशाख २०८१, १८ : ०४
आइतबार, ३० वैशाख २०८१

काठमाडौँ । भारतीय चर्चित गायक अरिजित सिंह ‘लाइभ कन्सर्ट’ शनिबार चाबहिलस्थित हायात ग्राउन्ड आयोजना भयो । कन्सर्टमा १० हजारभन्दा बढी नेपाली दर्शकको उपस्थिति थियो । सर्वसाधारण मात्र होइन, नेपाली सेलिब्रेटीले पनि तछाडमछाड गर्दै कन्सर्ट हेरेका थिए ।

अरिजितको कन्सर्टमा देखिएको दर्शकको भिडलाई लिएर सामाजिक संजालमा यतिधेरै दर्शक नेपाली कलाकारले डिजर्भ गर्न सक्दैन भनने जस्ता विभिन्न ब्यङ्ग्य मूलक टिका टिप्पणी भइरहेको छ । त्यसरी टिप्पणी गर्नेमा संचारकर्मी समेत रहेका छन् ।

संचारकर्मीको समेत यस्तो टिप्पणी देखेपछि गायिका प्रीति कौरले डिजर्भ नगर्ने कलाकारलाई भाइरल गर्ने को भनेर  उनीहरुमाथि नै प्रश्न गरेकी छन् । एउटा कम्फटेवल समूहमा बसेर आफूले चिनेका, जय हजुर गर्नेलाई मात्रै अवसर दिएर नेपाली संगीतलाई ग्रो गर्न नदिने भन्दै उनले आरोप समेत लगाएकी छन् । 

‘हामी पनि जान्छाँै । टिकट लिएर रमाइलो गर्छाै । आहा भन्छौ । अनि घरमा आएर फेसबुकमा आफ्नै कलाकारको बारेमा लैख्छौ’, उनले अगाडि भनेकी छन् ‘एकातिर तपाई राम्रो अर्को तिर को जान्छ पैसा तिरेर । पास छ भने जाउलानी भन्ने हामी नै हो हैन र ?’

उनी विदेशी आए भने पैसा खर्च गर्ने र नेपालीलाई तरकारी किने जस्तो गर्ने आयोजक तर्फपनि खनिएकी छन् । उनले भनेकी छन्, ‘आर्टिसलाई पैसा तिर्न सक्दैनौ भने कार्यक्रम गर्ने किन ?’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप