आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भारतलाई २–० को अग्रता

सोमबार, ३१ वैशाख २०८१, ०९ : ३१
सोमबार, ३१ वैशाख २०८१

तिरुवनन्तपुरम । दोस्रो खेलमा अस्ट्रेलियालाई ४४ रनले पराजित गर्दै भारतले पाँच खेलको टी–२० शृङ्खलामा २–० को अग्रता बनाएको छ । आइतबार राति भएको खेलमा भारतले प्रस्तुत गरेको २ सय ३६ रनको लक्ष्य पछ्याउने क्रममा अस्ट्रेलियाले ९ विकेटको क्षतिमा १ सय ९१ रन मात्र बनाउन सक्यो ।

अस्ट्रेलियालाई रोक्न भारतका लागि प्रसिद्ध कृष्णा र रवि विश्नोईले ३–३ विकेट लिए । अस्ट्रेलियाका लागि मार्कस स्टोनिसले सर्वाधिक ४५ रन बनाए भने कप्तान म्याथ्यु वेडले ४२ तथा टिम डेभिडले ३७ रनको योगदान दिए ।

यसअघि तीन खेलाडीले अर्धशतक बनाएपछि भारतले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २ सय ३५ रन बनाएको थियो । टोलीका लागि रुतुराग गैकवाडले सर्वाधिक ५८ रन बनाए भने यशश्वी जैसवालले ५३ तथा ईशान किशनले ५२ रन बनाए । खेलको अन्त्यतिर धुवाँदार ब्याटिङ गर्दै रिंकु सिंहले ३१ रन बनाए । अस्ट्रेलियाका लागि नानक इलिसले ३ विकेट लिए । 

पहिलो खेलमा भारत २ विकेटले विजयी बनेको थियो । अब तेस्रो खेल गुवाहाटीमा मंगलबार खेलिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप