आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

चेकिङका क्रममा भारतीय नागरिकसँग स्रोत नखुलेको लाखौँ रुपैयाँ भेटियो

मङ्गलबार, ०१ जेठ २०८१, १३ : ११
मङ्गलबार, ०१ जेठ २०८१

काठमाडौँ । स्रोत नखुलेको लाखौँ रकमसहित प्रहरीले एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका-१४ बल्खुबाट स्रोत नखुलेको रकम १५ लाख ८४ हजार ५ सय रुपैयाँसहित सतुङ्गल डेरा गरी बस्ने हामित खानलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

भारत मोतिहारी घर भएका २२ वर्षीय खानलाई प्रहरी प्रभाग बल्खुबाट खटिएको प्रहरीले बा.प्र०२-१७ प ९७५१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उनलाई उक्त रकमसहित पक्राउ गरेको बताइएको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप