आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जबरजस्ती करणी गरेको अभियोगमा दाङमा एक जना पक्राउ

मङ्गलबार, ०१ जेठ २०८१, १३ : ३२
मङ्गलबार, ०१ जेठ २०८१

दाङ । २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बाँके कोहलपुर नगरपालिका-११ बस्ने रुकुम पश्चिम आठबिसकोट नगरपालिका-१३ घर भएका ३२ वर्षीय मान बहादुर पुन मगरलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

मगरले ती महिलालाई ललाई फकाई विवाह गर्छु भनि प्रलोभनमा पारी गत असोज २३ गते राति दाङ राप्ती गाउँपालिका-१ भालुवाङ बजारस्थित रोल्पाली सिर्प जलजला ड्रिमल्याण्ड होटल एण्ड लजमा लगी जबरजस्ती करणी गरी यातना समेत दिएको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप