आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ट्याङ्करको ठक्करबाट किशोरीको मृत्यु

मङ्गलबार, ०१ जेठ २०८१, १३ : ३४
मङ्गलबार, ०१ जेठ २०८१

बाँके । ट्याङ्करको ठक्करबाट नेपालगन्ज उपमहानगरपालिका-१७ परस्पुर बस्ने १७ वर्षीया सालिनी पाठकको आइतबार साँझ मृत्यु भएको छ । 

नेपालगन्ज उपमहानगरपालिका-१ धम्बोझीमा ना.३ ख ८८५२ नम्बरको ट्याङ्करले भे.११ प ७६५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएकी मोटरसाइकलमा सवार उनको भेरी अस्पताल नेपालगन्जमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालक उपचार पश्चात् डिस्चार्ज भएका छन् ।  ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रण लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप