आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
गुरु नानकको जन्मजयन्ती मनाइयो (तस्बिरहरु)

गुरु नानकको जन्मजयन्ती मनाइयो (तस्बिरहरु)

मङ्गलबार, ०१ जेठ २०८१

काठमाडौँ । प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन मनाइने शिख सम्प्रदायका प्रवर्तक गुरु नानकको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइएको छ ।

गुरु नानकको जन्म विसं १५२६ कार्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पञ्जाव प्रान्तमा भएको थियो । उनले शिख धर्म ग्रन्थ ‘गुरु गन्थ साहेव’ को रचना गर्नुका साथै जातिवादको अन्त्य गरी मानवतावादी दर्शनको शुरुवात समेत गरेका थिए ।

गुरु नानक जयन्तीका अवसरमा पशुपतिस्थित राजराजेश्वरी निर्मल अखडामा ‘गुरु ग्रन्थ साहेव’ पाठ गराउनुका साथै साधुसन्तलाई भण्डारा गराइएको छ । यसैगरी पशुपतिकै भष्मेश्वर, ज्ञानेश्वर र थापाथलीमा रहेको गुरु नानक मठमा पनि विविध कार्यक्रम आयोजना गरी नानक जन्मजयन्ती मनाइएको छ ।

0S0A6481

यस दिन पवित्र स्थल गुरुद्वारामा विशेष पूजा अर्चना गर्दै विभिन्न धार्मिक एवं सामाजिक कार्यक्रम गरी गुरुनानकको जन्मजयन्ती मनाइन्छ ।

शिखहरूको पवित्र धार्मिक ग्रन्थ ‘गुरु ग्रन्थ साहिब’ को रचना गर्ने गुरुनानकले समाजमा व्याप्त अन्धविश्वास, घृणा र भेदभावको अन्त्य गरी आपसी प्रेम र भ्रातृत्वको भावनालाई अभिवृद्धि गर्ने उद्देश्यले विनाभेदभाव निःशुल्क सामुदायिक भोजन गर्ने ‘लङ्गर परम्परा’ को थालनी गरेका थिए ।

0S0A6468
यसै अवसरमा कुपण्डोलस्थित गुरुद्धारमा विहानै देखि सामुदायिक भोजन गर्ने ‘लङ्गर परम्परा’ का लागि भोजन तयारी गरिएको छ । गजन सिंगका अनुसार अन्य सामान्य दिनको भन्दा आज गुरुदेवको जन्मजयन्तीका दिन एक हजार भन्दा धेरैका लागि भोजन तयार गर्नु पर्ने भएकाले विहानैबाट तयार गरिएको छ । उनीसँगै कमलजित सिंग, भोला सिंह, प्रकट सिंग, जर्नेल सिंग, परमजित सिंग, अर्जुन र जस्सी पनि काममा सहयोग गरेका छन् । विना भेदभाव सामुहिक र एक अर्कोको सहयोगमा काम गर्नु संगै भोजन गर्नु यस धर्मको विशेषताको रुपमा रहेको छ ।
   आज नै बालाजुस्थित गुरुनानक मठमा पनि सडक लङ्गरको आयोजना गरिएको छ, जहाँ सडकमा बसेका र खाना नपाएकाहरुलाई भोजना गरिएको छ ।

समाजमा व्याप्त अन्धविश्वास, घृणा र भेदभावको अन्त्य गरी आपसी प्रेम र भ्रातृत्वको भावनालाई अभिवृद्धि गर्ने गुरु नानक निर्गुण उपासनाका पक्षपाती ‘ईश्वर एक छन्, उनी सर्वशक्तिमान् छन् यही नै सत्य हो’ भन्नेमा विश्वास गर्थे ।

0S0A60960S0A62030S0A62160S0A62260S0A62710S0A62950S0A63210S0A63380S0A63820S0A63910S0A64340S0A6439

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया