आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कसरी बाँच्ने सय वर्षसम्म ?

मङ्गलबार, ०१ जेठ २०८१, १४ : ३८
मङ्गलबार, ०१ जेठ २०८१

काठमाडौँ । विश्वमा यस्ता केही ठाउँ पनि छन् जहाँका मानिसहरु सय वर्षभन्दा बढी बाँच्छन् । यी क्षेत्रलाई ब्लु जोन्स भनिन्छ । 

ग्रिसको अकारिया, जापानको ओकिनावा, सादिनियाको ओग्लियास्त्रा, क्यालिफोनिर्याको लोमा लिन्डा र कोष्टारिकाको निकोया पेनिन्सुला ब्लु जोन्स हुन् । यहाँ बस्ने मानिसहरूको औसत आयु ९० देखि सय वर्षसम्म छ । यी ठाउँमा केही कुरामा समानता भेटिएका छन् । यहाँका मानिसको उमेर लामो हुन्छ र उनीहरुमा बिरामी हुने, रोग लाग्ने खतरा कम पाइएको छ । 

कसरी बाँच्छन् यी ठाउँमा बस्ने मानिसहरु सय वर्षसम्म ?

एउटाबाट अर्को ब्लु जोन्स हजारौँ किमी टाढा भएपनि वैज्ञानिकहरूले यी ठाउँमा केही समानता भेटेका छन् । लगभग सबै ठाउँमा मानिसहरू दिनहुँ बोक्रा नफ्याकिएको पूरै अनाज अन्न, ताजा फलफूल र तरकारी खान्छन् । भोजनप्रति यस क्षेत्रका मानिसहरू बढी नै सजग र सतर्क छन् । कति खाना आफूलाई चाहिने हो, कति खानु अस्वस्थकर हुन्छ भन्ने यिनीहरूले राम्ररी बुझेका छन् । यिनीहरु पेट भरिने गरी कहिले खाँदैनन् । आवश्यकताभन्दा धेरै क्यालोरीमा अंकुश लगाउन नियमित रुपमा ब्रत पनि बसिराख्छन् ।

भिटामिन सीको भरपुर सेवन

निबुआ, सुन्तला जस्ता फललाई सिट्रस फल भनिन्छ । ब्लु जोन्समा बस्ने मानिसको भोजनमा यी फलरु पर्याप्त मात्रामा हुन्छ । यही फलकै सेवनका कारण उनीहरुको इम्युनिटी बलियो भएको हुनसक्ने वैज्ञानिकहरूको विश्वास छ । हाम्रो शरीरले धेरै दिनसम्म भिटामिन सीलाई जम्मा गरेर राख्न सक्दैन । तर यो भिटामिन हाम्रो इम्युनिटीको लागि अत्यावश्यक छ । यसले हामीलाई रोगसँग लड्न मद्दत गर्छ । हरेक दिन भरपुर मात्रामा सिट्रस फ्रुट खानुस् ।

तनावसँग जुध्ने अनौठा उपायहरु

तनावको असर चुरोट खाएको जस्तै हुने कयौं अनुसन्धानहरूले देखाएका छन् । यो हाम्रो मस्तिष्कमा मात्रै डेरा जमाएर बस्दैन । यसले शरीरका अन्य अंगहरुलाई पनि प्रभावित बनाउँछ, कमजोर बनाउन सक्छ । कोलम्बिया विश्वविद्यालय मेडिकल सेन्टरमा भएको अनुसन्धानमा के पाइएको थियो भने तनावले मुटुको रोगको खतरा २७ प्रतिशतसम्म बढ्न सक्छ । यो भनेको दिनमा ५ वटा चुरोट खाए बराबर हो । अर्थात् तपाईँले चुरोट खानु हुन्न । तर जतिबेला पनि तनावमा रहनु हुन्छ भने हाम्रो शरीरमा यसको असर चुरोट खाए बराबर हुन्छ । त्यसैले शरीरलाई स्वस्थ राख्न तनाव मुक्त हुन जरुरी छ ।

लामो उमेरसम्म स्वस्थकर जीवन बाँचेका मानिसहरुसँग तपाईँले कुरा गर्नु भयो भने अधिकांशमा बगैँचा वा खेतबारीमा काम गर्ने रुचि पाउनु हुनेछ । आफूलाई स्वतः स्फूर्त राख्न, तनाव हटाउन र पर्याप्त शारीरिक व्यायामका लागि पनि यिनीहरु खेतीपाती र बगैँचामा बढी समय बिताउँछन् । गार्डेनिङ शारीरिक स्वास्थ्यका लागि मात्रै होइन मानसिक स्वास्थ्यका लागि पनि हितकारी भएको अनेकौँ अध्ययनहरुले देखाएका छन् ।

यी चिजले भगाउनु सकिन्छ तनाव:

डार्क चकलेट

केरा

ग्रिन टी

ल्याभेन्डर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप