आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पैसाका लागि लेख्थे जावेद अख्तरले रोमान्टिक गीत

मङ्गलबार, ०१ जेठ २०८१, १५ : १२
मङ्गलबार, ०१ जेठ २०८१

नयाँ दिल्ली । जावेद अख्तर अर्थात् शोले र जंजीर फिल्मका सह–लेखक । उनले बलिउडमा कयौँ चर्चित गीत लेखेका छन् । अनिल कपुरको मिष्टर इन्डियादेखि शाहरुख खानको कभि अल्बिदा ना केहना र कल हो ना होसम्म आमिरको लगानदेखि ऋतिक रोशनको जिन्दगी ना मिलेगी दोबारासम्म दर्जनौं हिन्दी फिल्ममा यिनकै शब्दमा अविस्मरणीय गीत गुञ्जिएका छन् ।

जावेद अख्तरका रामोन्टिक गीत निकै चर्चित छन् । उनको गीतमा छुट्टै जादु हुन्छ । तर उनले कयौँ पटक पैसाका लागि यस्ता गीत लेखेका छन् । ‘कयौँ पटक त मैले यी गीत यस कारणले लेखेको थिएँ कि मलाई पैसा कमाउनु थियो,’ शबाना आजमीलाई हेरेर रोमान्टिक गीत लेखिएको हो भनेर साहित्य आजतकमा सोधिएको प्रश्नमा उनले भनेका थिए । आफूले पत्नी शबानालाई हेरेर रोमान्टिक गीत लेखेको भएपनि ती केही लाइन मात्रै भएको तर पूरा गीत नभएको उनको भनाई छ ।

अवस्था अनुसार, सिचुएशनलाई दिमागमा राखेर आफूले गीत लेख्ने गरेको उनले बताए । ‘एक लड्कीको देखा तो ऐसा लगा’ भन्ने गीत मैले तिमीलाई नै हेरेर लेखेको हुँ भनेर झन्डै ८ जना केटीलाई इम्प्रेशन दिएको पनि जावेदले स्वीकारेका थिए । तर ती सबै केटीहरू झुटो इम्प्रेशनमा थिए । 

कहिलेकाँही गुलजारले जावेदको गीत सुनेपछि गितको पहिलो अन्तरा र दोस्रो अन्तरा एउटै केटीलाई हेरेर लेखेनौं भनेर पनि भन्थे । दुई अन्तरा, दुवै फरक फरक केटीका लागि लेखिएका,  यो सम्झेर दुवै जना खुब हाँस्ने गरेको पनि जावेदले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप