आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

क्रिकेटर अविनाष बोहराले गरे प्रतिज्ञा खनालसँग ‘इन्गेजमेन्ट’

मङ्गलबार, ०१ जेठ २०८१, १५ : ३१
मङ्गलबार, ०१ जेठ २०८१

काठमाडौँ । राष्ट्रिय क्रिकेट टोलीका बलर अविनाष बोहरा लगन गाँठोमा कसिने भएका छन् । २६ वर्षीय मध्यम तेज गतिका बलर अविनाषले सोमबार प्रतिज्ञा खनालसँग ‘इन्गेजमेन्ट’ गरेका हुन् । 

अविनाष राष्ट्रिय टोलीका प्रभावशाली बलर हुन् । उनले नेपाली राष्ट्रिय टोलीबाट ४८ वटा टी—२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेर ६४ विकेट लिइसकेका छन् । उनले टी—२० अन्तर्राष्ट्रिय प्रतियोगिताको एउटै खेलमा केवल ११ रन दिएर ६ विकेट लिएका छन् । 

अविनाषले देशका लागि दुईवटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता पनि खेलेका छन् । उनले सन् २०२० को फेब्रुअरी ५ मा कीर्तिपुर मैदानमा ओमानविरुद्ध खेल्दै एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितामा ‘डेब्यू’ गरेका थिए । 

अविनाषले ‘इन्गेजमेन्ट’ गरेको समाचार बाहिरिएपछि समर्थकहरुलाई सामाजिक सञ्जालमार्फत उनलाई बधाइ दिएका छन् । प्राप्त समाचारअनुसार, प्रतिज्ञा अस्ट्रेलियाको सिड्नीमा बस्छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप