आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जलेश्वरमा रास्वपाको संयुक्त बैठक जारी

मङ्गलबार, ०१ जेठ २०८१, १५ : ४४
मङ्गलबार, ०१ जेठ २०८१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय समितिको संयुक्त बैठक आजबाट सुरु भएको छ । मधेश प्रदेशको महोत्तरीस्थित जलेश्वरमा आज दिउँसो साढे १ बजेबाट संयुक्त बैठक सुरु भएको रास्वपाका उपसभापति डिपी अर्यालले रातोपाटीलाई बताए । 

बैठकमा रास्वपामा पदाधिकारीसहित ३९ केन्द्रीय सदस्य र २१ संसाद सहभागी छन् ।  उनका अनुसार मङ्सिर ११, १२ र १३ गते केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा पार्टीका प्रदेश सभापतिहरूको सहभागिता रहने छ । बैठकमा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, प्रदेशहरूबाट साङ्गठनिक एवं राजनीतिक प्रतिवेदन प्रस्तुत भएको छ । प्रदेश सभापतिहरुले सम्बन्धि प्रदेशको राजनीति तथा सांगठनिक अवस्थाबारे प्रतिवेदन प्रस्तुत गरेका छन् ।

रास्वपाका संगठन विभाग प्रमुख कविन्द्र बुर्लाकोटीका अनुसार बैठकमा पार्टीको आर्थिक प्रतिवेदन, महाधिवेशन विधि र पार्टीको समग्र राजनीतिक रोडम्याप र अवलम्बन गर्ने नीतिका बारेमा छलफल एवं आवश्यक निर्णय हुने छ । भोलि बस्ने बैठकमा सभापति रवि लामिछानेले पार्टीको राजनीति प्रतिवेदन प्रस्ताव पेस गर्ने बुर्लाकोटीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप