आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

हार्दिक मुम्बइ लागेपछि शुभमनलाई कप्तान बनायो गुजरातले

मङ्गलबार, ०१ जेठ २०८१, १७ : १५
मङ्गलबार, ०१ जेठ २०८१

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को आगामी संस्करणका लागि गुजरात टाइटन्सले शुभमन गिललाई कप्तानको जिम्मेवारी दिएको छ । हार्दिक पाण्डेया मुम्बइ इन्डियन्समा आवद्ध भएपछि गुजरातले शुभमनलाई कप्तानमा नियुक्त गरेको हो । 

शुभमनले पहिलो पटक कप्तानको जिम्मेवारी पाएका हुन् । यसअघि हार्दिकले सन् २०२२ देखि सन् २०२४ सम्म गुजरातमा कप्तानको भूमिका निर्वाह गरेका थिए । शुभमनले कप्तानको जिम्मेवारीलाई आफूले चुनौतिको रुपमा लिएको बताएका छन् । 

‘कप्तानको जिम्मेवारी पाउँदा मैले गौरवको अनुभव गरेको छ । यसलाई मैले चुनौतिको रुपमा पनि लिएको छ,’ उनले भनेका छन् । २४ वर्षीय गिलले सन् २०१८ देखि आईपीएल खेल्न थालेका हुन् । उनले पहिलो सिजन कोलकाता नाइट राइडर्सबाट खेलेका थिए । 

शुभमनले सन् २०२२ को आईपीएलमा १६ खेल खेल्दै कुल चार सय ८३ रन बनाएका थिए । उनले सन् २०२३ को आईपीएलमा पनि १७ खेल खेल्दै कुल आठ सय ९० रन बनाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप