टेकु अस्पतालको निर्देशकमा डा.युवानिधि बसौला नियुक्त
शनिबार, १६ मङ्सिर २०८०, १८ : ३१
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले सोमबार मन्त्रीस्तरीय निर्णय गर्दै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु)का निर्देशक र सार्क क्षयरोग केन्द्र निर्देशक हेरफेर गरेका छन् ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशकको जिम्मेवारी डा.युवानिधि बसौलालाई दिइएको छ भने उक्त अस्पतालका निर्देशक डा मनिषा रावललाई सार्क क्षयरोग केन्द्रमा सरुवा गरिएको हो ।
सार्क क्षयरोग केन्द्रका डा. रोशन न्यौपानेलाई वीर अस्पतालमा तानिएको छ ।