आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सेल्फीका लागि पोज दिएर दिनमै २०–३० लाख भारु कमाउँछन् ओरी

शनिबार, १६ मङ्सिर २०८०, १८ : ५७
शनिबार, १६ मङ्सिर २०८०

नयाँ दिल्ली । विगत केही महिनादेखि बलिउडका हरेक सिलेब्रेटी पार्टीमा एउटा अनुहार देखिरहेका छन् । हरेक स्टारसँग ती व्यक्तिको फोटो देखिन्छ । ती व्यक्ति अरू कोही होइन ओरहान अवत्रामानी उर्फ ओरी हुन् ।

ओरी यही सप्ताहन्तमा सलमान खानको रियालिटी शो बिग बोस १७ मा गएका थिए । बिग बोसको घरमा छिर्नुअघि शोका होष्ट सलमानले ओरीसँग रमाइलो कुराकानी गरेका थिए । यस क्रममा ओरीले आफूले फोटोका लागि पोज दिएर मात्रै २० देखि ३० लाख भारु कमाउने बताएपछि सलमान खान छक्क परेका थिए ।

ओरीका अनुसार मानिसहरुले उनलाई पार्टीमा साथमा फोटो खिचाउनकै लागि बोलाउने गरेका छन् । यसरी खिचिएका फोटोहरु उनले आफ्नो सामाजिक सञ्जालमा पोष्ट गर्छन् । यसबापत उनले एक रातमै २० देखि ३० लाख भारु कमाउँछ । सेल्फी खिचेर यति धेरै पैसा कमाइने कुरा सुने सलमानले आफैँलाई ‘केही सिक सलमान, दुनियाँ कहाँबाट कहाँ पुगिसक्यो । तिमीले सेल्फीका लागि पैसा पाइरहेका छौँ, मैले यो सब किन गरिरहेको छैन ?’, भन्दै प्रश्न गरेका थिए ।

कतिवटा फोन बोक्ने गरेको छ भनेर सलमानले सोधेको जवाफमा ओरीले तीनवटा बताएका थिए । एउटा फोन बिहानका लागि, दोस्रो मध्याह्न र तेस्रो चाँहि रातका लागि । फोनको चलाइराख्दा ब्याट्री सकिने स्थिति नआओस् भनेर उनले तीन वटा फोन चलाउने गरेको पनि बताए ।  ओरीसँग पाँच जना त म्यानेजर मात्रै छन् । २ जनाले उनको सामाजिक सञ्जाल हेर्छन्, एक जना पीआर म्यानेजर हुन् । एक जनाले सबै ब्रान्डहरु हेर्छन् भने एक जनाले चाहिँ उनले खाने खानेकुराको हेरविचार गर्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप