आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका ‘टपटेन’ समाचार

शनिबार, १६ मङ्सिर २०८०, २० : ४८
शनिबार, १६ मङ्सिर २०८०

आज २०८० मंसिर ११ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

आजका मुख्य समाचारमा राष्ट्रिय गौरवका आयोजना : काम सुस्त गतिमा, दुर्गा प्रसाईं नेतृत्वको प्रदर्शनमा सहभागी १४ जना पक्राउ, एमालेको मध्यपहाडी लोकमार्ग यात्रा ‘गोठालापानी टू फिदिम’, माओवादी केन्द्रको नयाँ वेबसाइट लन्च, पर्यटक आगमन हालसम्मकै उच्च, भूकम्पपीडित अझै त्रिपालमुनि, चिकित्सा शिक्षामा स्वास्थ्यमन्त्री भर्सेस गोविन्द केसी लगायत छन् ।

१. राष्ट्रिय गौरवका आयोजना : काम सुस्त गतिमा
कुनै पनि अवरोध सिर्जना हुन नदिई प्रमुख प्राथमिकतामा राखिएका आयोजनालाई सरकारले राष्ट्रिय गौरवका आयोजनाको नाम दिएको छ । यी आयोजनामार्फत आर्थिक प्रतिफलका हिसाबले राष्ट्रको मुहार फेर्ने अपेक्षा गरिए पनि 

२. दुर्गा प्रसाईं नेतृत्वको प्रदर्शनमा सहभागी १४ जना पक्राउ
दुर्गा प्रसाईं नेतृत्वको प्रदर्शनमा सहभागी भएको आरोपमा प्रहरीले काठमाडौँको गौशालाबाट १४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी घर भएका धर्मगुरु श्रीनिवास आचार्यसहित १४ जना छन् ।

३. एमालेको मध्यपहाडी लोकमार्ग यात्रा ‘गोठालापानी टू फिदिम’
नेकपा एमालेले अबको तीन दिनपछि सुरु गर्ने मध्यपहाडी लोकमार्ग अभियानका क्रममा तीन दर्जन बढी स्थानमा अन्तरक्रिया र स्थानीयसँग भेटघाट कार्यक्रम तय गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले १४ मंसिरमा बैतडीको झुलाघाटमा राष्ट्रिय झन्डोत्तोलन गरेर सुरु गर्ने अभियान १८ दिनमा पाँचथरको चिवाभञ्ज्याङ पुगेर समापन हुनेछ ।

४. माओवादी केन्द्रको नयाँ वेबसाइट लन्च
नेकपा माओवादी केन्द्रले आफ्नो आधिकारिक वेबसाइट लन्च गरेको छ । लामो समयको गृहकार्यपछि माओवादीको प्रचार विभागले सोमबार वेबसाइट लन्च गरेको हो । उक्त वेबसाइटलाई प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडाबाट उदघाटन गरेपश्चात् सञ्चालनमा आएको हो ।

५. पर्यटक आगमन हालसम्मकै उच्च
पछिल्लो समय बढ्दो पर्यटन गतिविधिसँगै आन्तरिक पर्यटकको आगमन ह्वात्तै बढेको छ । खासगरी छोटा तथा मध्यम रुटका ट्रेकिङ गन्तव्य तथा पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल बढेको हो ।

६. भूकम्पपीडित अझै त्रिपालमुनि 
जाजरकोट भूकम्पले क्षति  प्रभावित क्षेत्रका नागरिकहरू यतिबेला त्रिपालमुनि कष्टकर दैनिकी गुजारिरहेका छन् । भूकम्प गएको आधा महिना बितिसक्दा पनि अस्थायी आवास निर्माण हुन नसक्दा कठ्याङ्ग्रिदो चिसोमा ज्यान जाने जोखिम बढिरहेको छ । चिसोका कारण अहिलेसम्म १३ जनाले ज्यान गुमाइसके । तर राज्यबाट हुनुपर्ने कार्य भने तदारुकता साथ हुन सकिरहेका छैनन् ।

७. चिकित्सा शिक्षामा स्वास्थ्यमन्त्री भर्सेस गोविन्द केसी
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले नेपाललाई मेडिकल शिक्षाको हब बनाउन सुरुवात गरिएको दाबी गरेका छन् । नेपाललाई मेडिकल शिक्षाको हब बन्न नदिन गिरोहहरूले आन्दोलन गरेको समेत उनले सुनाए । उनका यी अभिव्यक्ति चिकित्सा स्वास्थ्य सुधारका अभियन्ता डा. गोविन्द केसीप्रति लक्षित रहेको जो–कोहीले बुझ्न सक्छ । त्यसैले डा. केसीले पनि प्रत्युत्तरमा स्वास्थ्य मन्त्री बस्नेतमाथि माफियाको पक्षपोषण गरेको आरोप लगाउँदै उनलाई बर्खास्त गर्न माग गरेका छन् ।

८. रकम हिनामिनाबारे देउराली सहकारीको अनुसन्धान प्रतिबेदन बुझायो सीआईबीले
केन्द्रीय अनुसन्धान ब्युरो ‘सीआईबी’ले देउराली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा भएको रकम हिनामिनाको अनुसन्धान सकेर प्रतिवेदन बुझाएको छ । आइतबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा अनुसन्धान प्रतिवेदन बुझाएको सीआईबीका प्रवक्ता (एसपी) नवराज अधिकारीले रातोपाटीलाई बताए । सहकारीका अध्यक्ष रवीन्द्र चौलागाईंसहित १४ जनालाई प्रतिवादी बनाउन प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँलाई राय दिएको छ ।

९. ६ वर्षपछि गृह जिल्ला पुगेका विप्लवलाई जनताले दिए यस्ता सुझाव
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ६ वर्षपछि गृहजिल्ला रोल्पा पुगेका छन् । जनमुक्ति दिवस र पार्टी पुनर्गठन दिवसको अवसरमा मंसिर ६ गते उनी रोल्पा पुगेका हुन् । यस क्रममा उनलाई जनताले विभिन्न सुझाव दिएका छन् ।

१०. सेयर बजार फेरि ओरालोतिर
आइतबार उत्साहजनक रुपमा वृद्धि भएको सेयर बजार सोमबार ११.२७ अंकले घट्दै १८ सय ९६.६७ अंकमा झरेको छ । आज कारोबार रकम समेत घटेर १ अर्ब ७५ करोड ४७ लाख रुपैयाँमा झरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप