आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भेरो भोटिङ विवाद : आईटी अडिटका लागि विशेष समिति गठन

शनिबार, १६ मङ्सिर २०८०, २१ : ०८
शनिबार, १६ मङ्सिर २०८०

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को हालै सम्पन्न निर्वाचनमा भेरो कम्पनीमार्फत भएको अनलाइन भोटिङको विस्तृत आइटी अडिट गरिने भएको छ । असन्तुष्ट पक्षले मागबमोजिम  नाम नपठाएपनि संस्थापन पक्षले आईटी अडिट गर्ने भन्दै अन्तर्रािष्ट्रय कम्पनीको छनोट तथा समन्वय गर्न एकपक्षीय ढंगले ११ सदस्यीय विशेष समिति गठन गर्ने निर्णय गरेको हो । 

‘गत अक्टोबर २०२३ मा सम्पन्न निर्वाचनको प्राविधिक पाटो लगायत अनलाइन भोटिङको विस्तृत आइटी अडिट गर्ने र त्यसको लागि अन्तर्रािष्ट्रय कम्पनीको छनोट तथा समन्वय गर्न ११ सदस्यीय विशेष समिति गठन गर्ने निर्णय भएको छ’, ९४ औँ अन्तर्राष्ट्रिय समन्वय परिषद् बैठकपछि प्रवक्ता फणीन्द्र पन्तद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।  उक्त  समितिले अडिटका लागि छनोट गरिने कम्पनीले गर्नुपर्ने कामको   टर्म्स एण्ड कन्डिसन तयार गर्ने  उनको भनाइ छ ।   उक्त समितिमा उपाध्यक्षहरु डा हेमराज शर्मा , राज रेग्मी , रोजिना प्रधान राई, महासचिव गौरी राज जोशी, उपमहासचिव सोम सापकोटासहित ६ वटा क्षेत्रका क्षेत्रीय संयोजकहरु  रहेका छन् । 

 संस्थामा विभिन्न पदमा निर्वाचित तथा मनोनित भई सपथ लिन बाँकी सदस्यहरुको  शपथ  ग्रहण पनि उक्त बैठकमा सम्पन्न भएको बताइएको छ । 

यस्तै जाजरकोट भूकम्प पीडितको नाममा रु १ करोड ३० लाख राहत संकलन भएको जनाइएको छ ।  जसमध्ये १० लाख प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको छ भने  करिब रु ५३ लाख राहत सामग्री बाँडिएको जानकारी बैठकमार्फत गराइएको छ । 

यस्तै गैरआवासीय नेपाली नागरिकता सम्बन्धी जानकारी दिन हेल्प डेस्क स्थापना गर्ने निर्णय भएको छ भने संगठन विस्तारका लागि ३६ वटा समिति पनि गठन गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप