आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

दुर्गा प्रसाईंका स्वकीय सचिव बिनञ्जय थापा पक्राउ

शुक्रबार, ३२ जेठ २०८१, ११ : ३४
शुक्रबार, ३२ जेठ २०८१

काठमाडौं । प्रहरीले दुर्गा प्रसाईंका स्वकीय सचिव विनञ्जय थापालाई पक्राउ गरेको छ । थापालाई प्रहरी वृत्त गौशालामा राखिएको छ । प्रसाईंका स्वकीय सचिव थापालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेलले रातोपाटीलाई जानकारी दिए । 

थापा सिनामंगल स्थित केएमसी अस्पतालबाट पक्राउ परेका हुन् । सोमबार गौशालाबाट सुनसरी घर भएका धर्मगुरु श्रीनिवास आचार्य सहित १४ जना पक्राउ परेका थिए । पक्राउ परेकाहरूलाई मुद्दा चलाउने वा छाड्ने भन्नेबारे छलफल भइरहेको एसपी ढुंगेलले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप