आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

दमकबाट ‘यो मन त मेरो नेपाली हो’ को छायांकन सुरु

शुक्रबार, ३२ जेठ २०८१, ११ : ३७
शुक्रबार, ३२ जेठ २०८१

काठमाडौँ । फिल्म ‘यो मन त मेरो नेपाली हो’ को छायांकन सुरु भएको छ । सोमबार दमकको पशुपतिनाथ मन्दिरमा पूजा गर्दै फिल्मको छायांकन सुरु गरिएको हो ।  फिल्ममा रोशन श्रेष्ठ, विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’, विजय बराल, आयुषा समाल, सञ्जीत भण्डारी, मेग सुवेदी, नारायण खाती लगायतको अभिनय रहनेछ ।

पद्मा ईश्वर ईन्टरटेन्मेन्ट प्रा.लिको प्रस्तुतिमा मित्र प्रधान (नर ) को निर्माण र निर्देशन रहेको फिल्मले विदेशमा रहेका नेपालीको विषयवस्तु कथा बनाएको छ ।

फिल्मको छायांकन दमकपछि सिक्कीम, म्यानमार, देहरादुन, क्यानडा, अमेरिका लगायतमा समेत हुनेछ । फिल्ममा दीपक शर्माको संगीत, सौरव लामाको छायांकन, देव महर्जनको द्वन्द्व, समिर मियाको भिएफयक्स, कविराज गहतराजको कोरियोग्राफी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप