आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बिल नभएको सुन जस्तो देखिने धातुसहित एक जना पक्राउ

शुक्रबार, ३२ जेठ २०८१, १२ : ५०
शुक्रबार, ३२ जेठ २०८१

कास्की । पोखरा महानगरपालिका-३२ मजुवाबाट बिल नभएको सुन जस्तो देखिने करिब ४ तोला बराबरको पहेँलो धातुसहित तनहुँ भिमाद नगरपालिका-६ शिव सुन चाँदी पसलमा काम गर्ने भारत घर भएका २६ वर्षीय सुशान्त आर्यालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले ग.१ ख ३८१९ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई प्लास्टिकको बट्टाभित्र लुकाई छिपाई ल्याएको उक्त धातुसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप