आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कोशी प्रदेश : विनियोजन विधेयकप्रति  राप्रपा र एमालेकाे विराेध

शुक्रबार, ३२ जेठ २०८१, १३ : १४
शुक्रबार, ३२ जेठ २०८१

विराटनगर । कोशी प्रदेश सरकारको बजेट सम्बन्धी प्रतिस्थापन विधेयकमा यसअघि समावेश भएका कार्यक्रम कटौती भएको र मनपरी रूपमा बजेट विनियोजन भएको भन्दै मंगलबार प्रदेशसभा बैठकमा नेकपा(एमाले) र राप्रपाका सांसदले उठेर विरोध जनाएका छन् ।

प्रदेशसभाको बैठकको कारबाही सुरु हुनासाथ एमाले र राप्रपाका सांसदले उठेर सदनमा विरोध गरेका थिए । सभाको अध्यक्षता गरिरहेका सांसद इस्राइल मन्सुरीले आफ्ना कुरा राख्न समय दिएपछि एमाले संसदीय दलका उपनेता रामबहादुर मगरले आफ्ना कुरा राखेका थिए ।

मगरले रातो किताबमा धेरै योजना कटौती भएकोमा विरोध गर्दै मुख्यमन्त्रीले संसदमा गरेको प्रतिबद्धता र आफूहरुसँग भएको सहमतिविपरित बजेट आएको बताए । ‘सरकारले लगभग आधा वर्ष बितेको बजेट व्यस्थापन गर्दा ध्यान दिनुपर्नेमा त्यसो नगरेको र प्रतिपक्षका सांसदहरुबाट आएको कार्यक्रमलाई छानिछानी हटाएको देखियो’ उनले भने, ‘सांसदले माग पेस गर्नुभयो तर इमानदार बन्ने हो कि बेइमान बन्ने भन्न मूल प्रश्न हो ।’

मुख्यमन्त्रीको रबैयाको कारण बजेटलाई समर्थन गर्नसक्ने अवस्था नरहेको भन्दै मगरले सरकार नै संकटमा पर्ने चेतावनी दिएका छन् । यसअघि सांसदले ल्याएका डेढ करोड बराबरको योजना समावेश गर्ने सहमति भए पनि ५० देखि ७५ करोडको मात्र समावेश गरेको भन्दै बजेटमा मतदान गर्ने अवस्थासम्म मुख्यमन्त्री गम्भीर नभए प्रदेश सरकार संकटमा पर्ने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप