आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

टिकटकको मालिक बाइटडान्सले गर्दैछ कर्मचारी कटौती

शुक्रबार, ३२ जेठ २०८१, १४ : ०८
शुक्रबार, ३२ जेठ २०८१

बेजिङ । चिनियाँ सर्ट भिडियो सेयरिङ एप टिकटकको मालिक कम्पनी बाइटडान्सले आफ्नो गेमिङ व्यवसायको आकारमा उल्लेख्य कटौती गर्दैछ । चिनियाँ गेमिङ उद्योगमा शीर्ष स्थानमा रहेको टेन्सेन्टलाई कडा टक्कर दिन बाइटडान्स सन् २०१९ मा गेमिङ उद्योगमा छिरेको थियो । तर बजार हिस्सामा पकड बढाउन नसकेपछि कम्पनी पछाडि हटेको हो ।

 कम्पनीले लञ्च नै नभएका केही गेमहरूलाई पनि डिसेम्बरमा बन्द गर्दैछ । कम्पनीको यो निर्णयका कारण सयौँ रोजगारी प्रभावित हुने देखिन्छ । बाइटडान्सले नियमित रूपमा आफ्नो व्यवसायको समीक्षा गर्ने गरेको अनि अहिले गेमिङ व्यवसायको पुनःसंरचनाको कठोर निर्णय गरेको कम्पनीका प्रवक्ताले भनेका छन् ।

 गएको वर्ष विश्वको भिडियो गेम बजारको आकार २ खर्ब १७ अर्ब डलरमा पुगेको बजार अनुसन्धाता संस्था ग्रान्ड रिभ्यू रिसर्चको तथ्याङ्कले देखाएको छ । सन् २०१९ मा कम्पनीको गेमिङ इकाई नुभर्सको सृजनालाई गेमिङ उद्योगमा कायापलटको रूपमा हेरिएको थियो । तर नुभर्सको एउटै गेम व्यावसायिक रूपमा हिट साबित हुन सकेन । आम्दानीका आधारमा टेन्सेन्ट विश्वको सबैभन्दा ठुलो गेमिङ कम्पनी हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप