आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘तेल भिसा’मा विपिनदेखि वर्षासम्म

शुक्रबार, ३२ जेठ २०८१, १४ : २४
शुक्रबार, ३२ जेठ २०८१

काठमाडौँ । ‘तेल भिसा’ शंकर घिमिरेको लेखन तथा निर्देशनमा बन्न लागेको फिल्म हो । केही अगाडि घोषण भएको फिल्मका लागि अहिले धमाधम कलाकार छनौट भइरहेको छ । 

फिल्मको मुख्य भूमिकामा अभिनय रहने कलाकार भने टुङ्गो लागेको निर्माण युनिटले जानकारी दिएको छ । निर्माण युनिटका अनुसार फिल्मको मुख्य भूमिकामा विपिन कार्की, वर्षा राउत, गौरी मल्ल, ऋचा घिमिरे र बुद्धि तामाङ देखिनेछन् ।

विनोद पौडेल, अदीति खरेल र रमेश चौलागाईं निर्माता रहेको फिल्मको रिलिज मिति नयाँ वर्षको भदौ २८ गते तोकिएको छ । 

सेभेन सिज इन्टरमेन्ट र वेल डन क्रियसनको संयुक्त ब्यानरमा निर्माण हुने फिल्म आगामी चैतको दोस्रो साताबाट फ्लोरमा जाने बताइन्छ । डायस्पोरामा नेपाली जाने र त्यतै स्थापित हुने नेपाली समाजको बदलिँदो स्थितिमा कथा बनाएको फिल्ममा सुशन प्रजापतीको छायांकन रहनेछ । फिल्मका रिच इन्टरटेन्मेन्ट र एफ डी कम्पनीले वितरण गर्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप