आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गाैतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा सञ्चालन गर्न देउवासँग व्यवसायीको माग

शुक्रबार, ३२ जेठ २०८१, १४ : ४१
शुक्रबार, ३२ जेठ २०८१

बुटवल । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरूपमा सुचारु गर्न समन्वयात्मक भूमिका निर्वाह गरिदिन पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग माग गरेको छ । संघले यस क्षेत्रको आर्थिक मेरुदण्डका रूपमा रहेको यो विमानस्थलबाट निरन्तर उडानको व्यवस्था गर्न माग गरेको हो ।

मंगलबार भैरहवामा देउवालाई ज्ञापनपत्र बुझाउँदै संघले विमानस्थलसँग सम्बन्धित सम्पूर्ण व्यवसाय, पर्यटन तथा आर्थिक अवस्था समेत नराम्रोसँग प्रभावित भएको बताएको छ । विमानस्थल पूर्णरुपमा सञ्चालन हुन नसक्दा यस क्षेत्रका उद्योगी तथा व्यवसायीहरू पलायन हुने अवस्थामा पुगेको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले बताए ।

देउवा नेपाली काँग्रेस रुपन्देहीको आयोजना गरेको कार्यक्रम सहभागी हुन भैरहवा आएका छन् । साे अवसरमा देउवालाई सात बुँदे ज्ञापनपत्र संघले बुझाएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप