सडक किनारको रुख काटेको आरोपमा १५ हजार जरिवाना
शुक्रबार, ३२ जेठ २०८१, १४ : ४७
पोखरा । पोखरास्थित न्यूरोडको सडक किनारको रुख काटेको आरोपमा पोखरा महानगरपालिकाले १५ हजार जरिवाना असुलेको छ । सडक छेउमा हुर्किँदै गरेको रुख काटेको आरोपमा गिटार शप र स्काइ फेसनलाई कारबाही गरिएको हो ।
उनीहरुले पसल छेकेको भन्दै अनुमतिविना रुख काटिदिएका थिए । नगर प्रहरी प्रमुख पुरुषोत्तम थापाले दुवै पसललाई १५ हजारका दरले जरिवाना लगाइएको बताए । महानगरले अनुमति विना कटान गर्दा प्रति हाँगा ५ हजार र रुख काटे १५ हजार जरिवाना हुने व्यवस्था गरेको छ ।