आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

धनुषाको धनौजी गाउँपालिकामा महिलाको शव फेला

शुक्रबार, ३२ जेठ २०८१, १५ : ०६
शुक्रबार, ३२ जेठ २०८१

धनुषा । धनुषाको धनौजी गाउँपालिका वडानम्बर–४ मा एक महिलाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख मित्रबन्धु शर्माका अनुसार परालले छोपेर राखेको अवस्थामा शव फेला परेको हो ।

स्थानीयले खबर गरेपछि प्रहरी टोली घटनास्थल पुगेको धनुषा प्रहरीले जनाएको छ  । ‘शवको पहिचान हुन सकेको छैन । घटनास्थल वरपर कोही मानिस हराएको पनि सूचना छैन’, एसपी शर्माले भने, ‘पोष्टमार्टमका लागि अस्पताल लैजाने तयारी भएको छ ।’

प्रहरीका अनुसार कसैले हत्या गरेर शव राखेको हुनसक्ने छ । ७० प्रतिशत शव सडेकाले सहजै चिन्न सक्ने अवस्था छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप