आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्रिय सहकारी बैंकले निक्षेपमा अधिकतम १०.२५ प्रतिशत ब्याज दिने

शुक्रबार, ३२ जेठ २०८१, १६ : ०६
शुक्रबार, ३२ जेठ २०८१

काठमाडौँ । राष्ट्रिय सहकारी बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । सहकारी बैंकले मंसिर १२ गतेदेखि लागू हुने गरी बचत तथा कर्जामा नयाँ ब्याजदर तोकेको गरेको हो ।

सूचना अनुसार अब बैंकले बचतमा न्यूनतम ३.५० प्रतिशतदेखि अधिकतम १०.२५ प्रतिशतसम्म ब्याजदर प्रदान गर्नेछ । साधारण बचत खातामा ३.५० प्रतिशतदेखि ४ प्रतिशत, विशेष बचतमा ४.२५ प्रतिशत, सुपर बचतमा ४.२५ प्रतिशतदेखि ४.७५ प्रतिशत ब्याजदर दिने बैंकले जनाएको छ ।

यसैगरी सहकारी बैंकले एनसीसीएल समुन्नत बचत खातामा न्यूनतम ४.२५ प्रतिशतदेखि अधिकतम ५ प्रतिशत, एनसीसीएल प्रिमियम बचतमा ४.५० प्रतिशतदेखि ५ प्रतिशत, अनिवार्य नियमित बचतमा ९.५० प्रतिशत र क्रमिक बचतमा ९.२५ प्रतिशतदेखि १० प्रतिशतसम्म ब्याजदर दिनेछ ।

मुद्दती निक्षेप (फिक्स डिपोजिट) मा भने बैंकले न्यूनतम ८.७५ प्रतिशतदेखि अधिकतम १०.२५ प्रतिशतसम्म ब्याजदर प्रदान गर्ने अफर गरेको छ ।

कर्जातर्फ राष्ट्रिय सहकारी बैंकले विभिन्न शीर्षकमा ८.५० प्रतिशतदेखि १३.७५ प्रतिशतसम्म ब्याजदर लिने जनाएको छ ।

सूचना अनुसार घर घडेरी खरिद तथा भवन निर्माण कर्जाको स्वः लगानी नियमानुसार हुनेछ भने लघुवित्त कर्जा, गरिबी निवारण कर्जा, सबल सहकारी कर्जा र दिगो सहकारी कर्जा लगानीको ब्याजदर संस्था वर्गीकरणको आधारमा फरक गरिने बैंकले जनाएको छ ।

यस्तै, मुद्दती निक्षेपको बिड रेट १०.२५ प्रतिशतसम्म प्रस्ताव गर्न सकिने बैंकले जनाएको छ । अपाङ्ग, दलित र महिलाद्वारा सञ्चालित संस्थालाई प्रकाशित ब्याजदरमा ०.५ प्रतिशतसम्म थपघट गर्न सकिने तर यस्तो सुविधा दोहोरो हुने गरी प्रदान नगरिने समेत बैंकले सूचनामार्फत जानकारी गराएको छ ।

NCBL

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप