आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

छुट्टाछुट्टै स्थानमा ६ जना मृतावस्थामा फेला

शुक्रबार, ३२ जेठ २०८१, १६ : ४६
शुक्रबार, ३२ जेठ २०८१

काठमाडौं । देशका विभिन्न स्थानमा ६ जना मृतावस्थामा फेला परेका छन् । सल्यानको बागचौर नगरपालिका-६ सानाहिम हिमचौरस्थित भिरालो जग्गामा सोही ठाउँ बस्ने ४१ वर्षीय चित्र बहादुर वली मंगलबार मृत अबस्थामा फेला परेका छन् । 

यसैगरी डोटीको दिपायल सिलगढी नगरपालिका-५ पुन्नास्थित सडकको नाली छेउमा सोही ठाउँ बस्ने ३० वर्षीय समिर भट्ट मंगलबार मृत  अवस्थामा फेला परेका छन् । काठमाडौंको शंखरापुर नगरपालिका-६ साँखु डेरा गरी बस्ने सोही नगरपालिका-३ बोजेनी घर भएका ५० वर्षीय सुक बहादुर तामाङ पनि आफ्नै डेरामा मंगलबार मृत अवस्थामा फेला परेका छन् । 

यसैगरी काठमाडौंकै कीर्तिपुर नगरपालिका-४ स्थित दमाई खोलामा  सोही नगरपालिका-४ दमाई टोल डेरा गरी बस्ने रसुवा आमाछेदुङमा गाउँपालिका-१ घर भएकी ४० वर्षीया पार्वती तामाङ मृत अवस्थामा फेला परेकी छन् । 

यसैगरी कैलालीको गोदावरी नगरपालिका-४ गोदावरीस्थित गोदावरी सामुदायिक वनमा धनगढी उपमहानगरपालिका-८ भईयाँघाट बस्ने डोटी शिखा नगरपालिका-५ घर भएकी ७० वर्षीया ईश्वरी देवी ओझा मृत अवस्थामा फेला परेकी छन् भने धनुषाको धनौजी गाउँपालिका-४ भडरिया बिचला टोलस्थित आँपको बगैंचामा एक महिला मृत अवस्थामा फेला परेकी छन् । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप