आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ, अर्का एक आरोपी पनि पक्राउ

शुक्रबार, ३२ जेठ २०८१, १६ : ५१
शुक्रबार, ३२ जेठ २०८१

काठमाडौँ । लागूऔषध ब्राउनसुगर मुद्दामा संलग्न रही ४ वर्षदेखि फरार रहेका प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्याङ्जाको फेदिखोला गाउँपालिका-२ उपल्लो कुँडुले बस्ने ४४ वर्षीय रेशम थापा मगर छन् ।  

जिल्ला अदालत स्याङ्जाको २०७६ असार १ गतेको फैसलाले ५ वर्ष कैद र १० हजार रूपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय स्याङजाबाट खटिएको प्रहरीले फेदिखोलाबाट पक्राउ गरेको हो । 

उनलाई फैसला कार्यान्वयनको लागि स्याङजा जिल्ला अदालतमा पेश गरिएकोमा  अदालतको आदेशले कैद भुक्तानको लागि जिल्ला कारागार स्याङजामा पठाइएको छ । 

यसैगरी कपिलवस्तुको बाणगंगा नगरपालिका-३ कर्महनाबाट अवैध लागूऔषधसहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही नगरपालिका-२ बस्ने ३४ वर्षीय दिनेश घिमिरे र सोही नगरपालिका-१ बस्ने ३० वर्षीय बिजय राई रहेका छन् । 

प्रहरी चौकी गजेहडाबाट खटिएको प्रहरीले लु.१८ प ५५०८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप