कांग्रेस मधेस प्रदेश सम्मेलन आगामी पुस ५ र ६ मा हुने
बिहीबार, २७ वैशाख २०८१, १७ : ४८
काठमाडौँ । नेपाली कांग्रेस मधेस प्रदेशको सम्मेलन आगामी पुस ५ र ६ गते हुने भएको छ । जनकपुरमा मंगलबार बसेको कांग्रेस मधेस प्रदेश कार्यसमितिको बैठकले पुस ५ र ६ गते पार्टीको प्रदेश सम्मेलन गर्ने निर्णय गरेको हो ।
सम्मेलनको पार्टी सभापति शेरबहादुर देउवाले गर्ने कांग्रेस मधेस प्रदेशले जनाएको छ । बैठकले सम्मेलनका लागि समितिहरु गठन गर्ने निर्णय गरेको कांग्रेस मधेस प्रदेश प्रचारप्रसार विभाग प्रमुख नितेशकुमार गुप्ताले बताए ।
यस्तै मधेस प्रदेश सम्मेलनमा राजनीतिक सांगठनिक/आर्थिक एवं महामन्त्रीको प्रतिवेदन तयार गर्न मस्यौदा तयारी उपसममितिहरु गठन गर्ने निर्णय भएको उनले बताए ।