आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका शीर्ष १० समाचार

बिहीबार, २७ वैशाख २०८१, २० : ३८
बिहीबार, २७ वैशाख २०८१

आज २०८० मंसिर १२ गते मंगलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

प्रचण्ड–बाबुराम सहमति

पार्टीको तीन महिने रुपान्तरण अभियानको सिलसिलामा मंसिर ३ गते बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटारबाट आर्मीको हेलिकप्टरमार्फत सिधै रुकुम(पूर्व) पुगे । त्यहाँ विभिन्न कार्यक्रममा सहभागी भएर विकट गाउँका रुपमा परिचित पुथा उत्तरगंगा मैकोट पुगेका उनले पार्टी एकताका लागि बाबुरामसहित विप्लवसँग कुराकानी भइरहेको बताए ।

नाडामा निर्वाचन

नाडा अटोमाबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को चुनावी सरगर्मी बढेको छ । अटोमोबाइल व्यवसायीहरू बिच नाडाको भावी नेतृत्व हत्याउने तयारी अनुरूप भित्रभित्र तयारी भइरहे पनि सोमबार नाडाको निर्वाचन मिति घोषणा भएपछि थप माहौल तातेको हो । 

के मधेसमा बज्ला रवि लामिछानेको 'घण्टी' ?

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी पछिल्लो समय मधेसमा केन्द्रित देखिएको छ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, डा.सीके राउत नेतृत्वको जनमत पार्टी, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीको हालीमुहाली रहेको मधेसमा राष्ट्रिय स्वतन्त्र पार्टीले सक्रियता बढाएको छ ।

लगानी सम्मेलन

सरकारले आगामी वैशाखमा आयोजना गर्न लागेको लगानी सम्मेलनमा जलविद्युत क्षेत्र केन्द्रमा रहने देखिएको छ । सरकारले आगामी वैशाख ९ र १० गते लगानी सम्मेलन आयोजना गर्ने घोषणा गरिसकेको छ । लगानी बोर्डको नेतृत्वमा हुन लागेको यो तेस्रो सम्मेलन हो ।

पोल्ट्री व्यवसाय

नेपालको आत्मनिर्भर व्यवसायको रूपमा परिचित पोल्ट्री क्षेत्रमा बर्सेनि अर्बौँ रकमको दाना आयात हुन्छ । कुखुरालाई खुवाइने दाना सिधै नल्याए पनि दानामा प्रयोग हुने कच्चापदार्थ आयात हुने गरेको हो ।

कोप–२८

 जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफसीसीसी)का पक्ष राष्ट्रहरूको २८ औँ सम्मेलन (कोप–२८) मा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा उच्चस्तरीय प्रतिनिधिमण्डल बुधबार संयुक्त अरब इमिरेट्स (युएई)को दुबई प्रस्थान गर्दैछ ।

बजेटबारे दुई थरी कुरा

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सोमबार संसदीय समितिका सभापतिहरुसँग समितिको कामकारबाहीलाई अघि बढाउनेबारेमा सिंहदरबारमा भएको छलफलमा संसद् र समितिका कामकारबाही अतिरिक्त समयमा सञ्चालन गर्न सरकारले बजेट विनियोजनमा नियन्त्रण गर्दा समस्या भएको बताएका थिए ।

अनियन्त्रित बसाइसराइ

बसाइसराइको व्यवस्थापन राज्यका लागि ठुलो चुनौती बनिरहेको भन्दै सरोकारवालाहरू चिन्ता व्यक्त गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) सँगको सहकार्यमा जनसङ्ख्या र बसाइसराइ व्यवस्थापन सबलीकरण सम्बन्धी राष्ट्रिय परिसंवाद कार्यक्रममा सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका हुन् । 

बालकृष्ण खाँणजीले न्याय पाउनुहुनेछ

सत्ताको प्रमुख घटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षमा रहेका नेता बालकृष्ण खाणले न्याय पाउने बताएका छन् । मंगलबार नेपाली कांग्रेस रुपन्देहीको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै देउवाले पूर्वगृहमन्त्री खाणले न्याय पाउनेमा आफू आशावादी रहेको बताए ।

अपूर्व क्षितिज सिंह दोषी ठहर

नेवार समुदायप्रति दिएको अभिव्यक्तिका सम्बन्धमा कमेडियन अपूर्व क्षितिज सिंह दोषी ठहर भएका छन् । आइतबार काठमाडौँ जिल्ला अदालतले सिंहलाई दोषी ठहर गरेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप