आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेपाल सुपर लिगमा आज पोखरा र ललितपुर भिड्दै

शुक्रबार, २८ वैशाख २०८१, ०८ : ३०
शुक्रबार, २८ वैशाख २०८१

काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल)मा आज दुई अपराजित टोली पोखरा थण्डर्स र ललितपुर सिटी एफसीबिच प्रतिस्पर्धा हुने भएको छ ।  यसअघि दुवैले आफ्नो पहिलो खेल जित्दै सुखद सुरुआत गरेका थिए । दुवै टोली आज दोस्रो जितको लक्ष्यमा हुने छन् ।

यसअघि हिजो भएको खेलमा साबिक विजेता काठमाडौँ रेजर्स बराबरीमा रोकिएको थियो । काठमाडौँ रेजर्सलाई चितवन एफसीले १—१ गोलको बराबरीमा रोक्दै अंक बाँड्न बाध्य पारेको हो । 

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफको अन्त्यतिर दुवै गोल सम्भव भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप