आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रमुख प्रशिक्षक पदमा निरन्तरता दिन राहुल द्रविडलाई बीसीसीआईको प्रस्ताव

शुक्रबार, २८ वैशाख २०८१, १० : ०२
शुक्रबार, २८ वैशाख २०८१

काठमाडौँ । पछिल्लो समय अन्तर्राष्ट्रिय क्रिकेटमा स्तरीय प्रदर्शन गर्दै आएको भारतीय राष्ट्रिय टोलीले हालै घरेलु मैदानमा सम्पन्न आईसीसी एकदिवसीय विश्वकपको उपाधि भने चुम्न सकेन । भारतीय टोली विश्वकपको फाइनलमा अस्ट्रेलियासँग पराजित हुन पुग्यो । 

भारतीय टोली विश्वकपको फाइनलमा पराजित भएपछि टोलीका प्रमुख प्रशिक्षक राहुल द्रविडको भविष्यमाथि पनि प्रश्न उठाउन थालिएको थियो । तर, धेरैको अनुमान विपरीत भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले प्रमुख प्रशिक्षक द्रविडको कार्यकाल लम्ब्याउने प्रस्ताव अघि सारेको छ । 

बीसीसीआईले द्रविडसामु प्रमुख प्रशिक्षकको कार्यकाल लम्ब्याउने प्रस्ताव राखेको हो । भारतीय सञ्चारमाध्यमका अनुसार, बीसीसीआईले द्रविडसामु औपचारिक रूपमै प्रस्ताव राखिसकेको छ । तर, द्रविडले भने तत्काल केही जवाफ फर्काएका छैनन् । 

हाल भारतले घरेलु मैदानमा अस्ट्रेलियासँग पाँच खेलको टी—२० शृङ्खला खेलिरहेको छ । भारत टी—२० शृङ्खलाको पहिलो खेलमा दुई विकेट र दोस्रो खेलमा ४४ रनले विजयी भएको थियो । शृङ्खलाको तेस्रो खेलमा भने अस्ट्रेलिया पाँच विकेटले विजयी भएको छ । शृङ्खलाको चौथो खेल शुक्रबार खेलिने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप