आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

हालान्डको रेकर्ड, दुई गोलले पछि परेको स्थिति उल्टायो सिटीले

शुक्रबार, २८ वैशाख २०८१, १० : २६
शुक्रबार, २८ वैशाख २०८१

इतिहाद । अर्लिङ हालान्डले च्याम्पियन्स लिगमा गोल गर्ने रेकर्ड बनाउँदा म्यानचेस्टर सिटीले दुई गोलले पछि परेको स्थिति उल्टाउँदै आरबी लेइपजिगविरुद्ध ३–२ को रोमाञ्चक जीत हासिल गरेको छ ।

खेलको पहिलो हाफमा बेल्जियन स्ट्राइकर लोइस ओपेन्डाले दुई गोल गर्दै लेइपजिगलाई अग्रता दिएका थिए । तर, दोस्रो हाफमा सिटी खेलमा फर्कियो ।
नर्वेजियन स्ट्राइकर हालान्डले ५४ मिनेटमा सिटीका लागि एक गोल फर्काए । योसँगै उनी प्रतियोगितामा सबैभन्दा चाँडो ४० गोल गर्ने खेलाडी बनेका छन् । उनले ३५ खेलमा यो उपलब्धि हासिल गरेका हुन् । यसअघि रुड भान निस्टलरोयले १० खेल बढी खेल्दै यो रेकर्ड बनाएका थिए ।

७० औँ मिनेटमा फिल फोडेनले बराबरी गोल फर्काए भने ८७ औँ मिनेटमा जुलियन अल्भारेजले गोल गर्दै टोलीलाई जीत दिलाए । योसँगै सिटीको प्रतियोगितामा घरेलु मैदानमा अपराजित यात्रा कायम राखेको छ ।

यसअघि नै प्रतियोगिताको अन्तिम १६ मा स्थान बनाएको सिटी १५ अङ्कसहित समूहको शीर्ष स्थानमा रहेको छ । लेइपजिग ९ अंकसहित दोस्रो स्थानमा रहेको छ । ४ अङ्क बटुलेको यङ ब्वाइज तेस्रो स्थानमा छ भने रेड स्टार बेलग्रेड एक अङ्कसहित चौथो स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप